माओवादीले राष्ट्रिय सहमतिको लागि पहल गर्ने

  • बहुमतीय प्रणालीमा गए काँग्रेसले प्रधानमन्त्री दावी गर्ने

(1 Vote)
गंगा बीसी, कुलचन्द्र न्यौपाने

काठमाडौ, अषाढ १६ - माओवादीले संसदमा ठूलो दलको हैसियतले राष्ट्रिय सहमति निर्माणको लागि पहल गर्ने जनाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिइसकेको अबस्थामा सहमतिको लागि माओवादीले पहल गर्ने जनाएको हो ।

'ठूलो दलको हैसियतले हामी राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि पहल सुरु गर्र्छौं' उपाध्यक्ष बाबुराम भझर्राईले इकान्तिपुरसंग भने, 'हामीले अहिले बहुमतको सरकारका बारेमा सोचेका छैनौं ।' साथै उनले का“ग्रेसको राष्ट्रपति र एमालेको सभामुख रहेकाले आफ्नो पार्टी सहमतिको सरकारको नेतृत्व गर्ने पनि बताए ।

साथै उनले बजेटलगायतका सबै काम नयाँ सरकारले गर्ने हुँदा तत्काल पहल सुरु गरिनेसमेत उल्लेख गरे । प्रधानमन्त्रीको राजीनामा नदिएसम्म सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन नदिने माओवादी अडान थियो ।

साथै उनले शान्ति प्रकृया र नयाँ संविधान निर्माण कार्यलाई टङु्गोमा पुर्‍याउन पनि नयाँ सरकारले पहल गर्ने बताए । उनले सेना समायोजनलगायतका सबै कार्यहरु सहमतिकै आधारमा नयाँ सरकार गठन भएपछि सुरु हुने उल्लेख गरे ।

काँग्रेस केन्द्रिय सदस्य कृष्ण सिटौलाले भने अव राष्ट्रपतिले दिने समयभित्र राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि पहल गरिने र त्यसो हुन नसकेमा आफ्नो पार्टीले सरकारको नेतृत्वको दावी गर्ने बताए ।

'राष्ट्रिय सहमतिको सरकार बनेन भने हामी सरकारको नेतृत्वको दावी गर्छौ' उनले भने । उनले माओवादीले लडाकुलाई समायोजनको प्रकृयामा नलगेसम्म आफ्नो पार्टीले माओवादीको नेतृत्व स्वीकार नगर्ने उल्लेख गरे ।

 

 

प्रकाशित मिति: २०६७ अषाढ १६ ०८:१०

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।