प्रधानमन्त्रीले राष्ट्रपतिलाई राजीनामा बुझाए
सहयोगी लिङ्कहरू
काठमाडौं, अषाढ १६ - प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार साँझ राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आफ्ना केही सहयोगीसहित पुगेर प्रधानमन्त्री नेपालले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि राष्ट्रपति-प्रधानमन्त्रीबीच केहीबेर कुराकानी भएको छ ।
राष्ट्रपतिले स्वीकृत गरेपछि प्रधानमन्त्री पद मुक्त हुनेछन् । तर, अर्को सरकार नबनेसम्मका लागि उनी काम चलाउ सरकार प्रधानमन्त्री रहने छन् ।
सरकार गठन गरेको १३ महिनापछि प्रधानमन्त्री नेपालले बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी राजीनामाको घोषणा गरेका थिए ।
प्रकाशित मिति: २०६७ अषाढ १६ ०७:२७
















तपाईंको प्रतिकृया