वन संरक्षणका लागि नेपाल-भारत सीमा बैठक

(0 Votes)
चित्रांग थापा

टनकपुर , अषाढ १६ - नेपाल-भारत सिमावर्ति क्षेत्रका वन प्रशासनका अधिकारीहरु तथा सरोकार पक्षका प्रतिनिधि बिच सिमाक्षेत्रको वन संरक्षण तथा चोरी शिकार नियन्त्रणका लागि संयुक्त रुपमा पहल गर्ने सहमति भएकोछ ।

बुधवार यहा एक कार्यक्रममा उनीहरु काठ चोरी तश्करी तथा अवैध रुपमा नेपाली भूभाग बाट हुने ढुंगा गिटिृ निकाशी नियन्त्रण गर्न संयुक्त रुपमा पहल गर्न सहमत भएका हुन् । सिमाक्षेत्रको ब्रह्मदेवमा चुरे क्षेत्र संरक्षणमा संलग्न गैर सरकारी संस्था झिलमिला ग्रामिण विकास समाजले आयोजना गरेको ' नेपाल - भारत वन संरक्षण तथा संरक्षणका चुनौती ' बिषयक बैठकका सहभागी बिच ब्रह्मदेवको खल्ला मछेटी क्षेत्रमा हुने चोरी शिकार , अवैध रुपमा भारत तर्फ हुने ढुंगा गिटिृ निकाशी तथा काठ चोरी तश्करी नियन्त्रणका लागि संयुक्त रुपमा पहल गर्ने सहमति भएको हो ।

बैठकमा नेपाल बाट कञ्चनपुर वन प्रशासन , पश्चिम तराइ भू परिधि कार्यक्रम , सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि तथा भारत बाट हल्द्वानी वन प्रभागका अधिकारीहरु , टनकपुर नगर परिषद र वन तथा स्थानिय प्रशासनका प्रतिििनधिहरुको सहभागिता थियो ।

बैठकमा नेपाली पक्ष बाट कञ्चनपुरका वन अधिकृत प्रभात सापकोटालेे ब्रह्मदेव सिमा क्षेत्रको १ र २ नम्वर सिमास्तम्भ बिचको क्षेत्र बाट भारत तर्फ हुने अवैध ढुंगा निकाशी तथा खल्ला मछेटी क्षेत्रमा हुने चोरी शिकार रोक्न भारतिय पक्षले सहयोग गर्ने पर्ने बताए । ' चुरे क्षेत्र जोगाउन नेपालमा हाल ढुंगा गिटिृ संकलन र निकाशीमा रोक लगाइएकोछ , अवैध रुपमा ढुंगा भारत तर्फ निकाशी हुने गरेकोछ ,  चुरे क्षेत्र संरक्षणका लागि भारतले पनि सघाउनु पर्ने ' उनले बताए । खल्ला मछेटी देखि कौवानीको वन क्षेत्रमा हुने चोरी शिकार कै कारण वनमा डढेलो लाग्ने गरेको उनले बताए ।

 यसैगरि बैठकमा सहभागी टनकपुरका उप प्रभागिय वन अधिकारी नवीनचन्द्र पन्तले भारत तर्फको वनक्षेत्र बाट हुने काठ तश्करी तथा वन क्षेत्रमा हुने गाइवस्तु चरन र घास दाउरा काटने काम रोकथामका लागि आबश्यक सहयोग गरि दिन नेपाली अधिकारीहरु संग माग गरेका थिए । ' सूचना आदान प्रदान तथा नियमित रुपमा  गश्ति गरि सिमाक्षेत्रमा हुने अवैध गतिविधि रोकथाम गर्न भारतिय पक्ष आबश्यक  सहयोग गर्न तयार रहेको ' उनले भने ।दुवै देशका सिमावर्ति क्षेत्रका प्रशासनिक अधिकारीहरु बिच पटक पटक बैठक हुने गरेको भए पनि गैर सरकारी संरुथाको पहलमा वन संरक्षण सम्वन्धमा स्थानिय तहमा  यो पहिलो बैठक भएको आयोजक संस्थाका अध्यक्ष चन्दले बताए । बेठकमा पश्चिम  तराइ भू परिधि कार्यक्रमका प्रतिनिधि दिपक चन्दले टनकपुर बैठकले गरेका सहमति कार्यान्वयनको नियमित अनुमगन हुनु पर्ने सुझाएका थिए ।

प्रकाशित मिति: २०६७ अषाढ १६ ०६:५०

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।