कांस्की र अर्घाचीका गाविस सचिवले पनि सामूहिक राजीनामा
सहयोगी लिङ्कहरू
अर्घाखाँची, अषाढ १६ - जिल्लास्थित सम्पूर्ण गाविस सचिवहरुलाई राजीनामा दिन भुमिगत संगठन संयुक्त जातीय मुक्ति मोर्चाले चेतावनी दिएको छ । हुलाक मार्फत पत्र पठाएर सबै सचिवलाई तुरुन्तै सचिव पदबाट राजीनामा दिई कुनैपनि कामकाज नगर्न भनिएको छ ।
मोर्चाका केन्दि्रय महासचिव मुक्तिदाताद्धारा हस्ताक्षरित पत्रमा राजीनामा नदिएर काम गरी आलटाल गरे र आन्दोलनलाई वेवस्ता गरमो त्यसको जिम्मा स्वयं हुने पत्रमा उल्लेख गरेको छ । काम नगर्ने पत्रपछि गाविस सचिवहरुले बुधवारदेखि काम गर्न छाडेका छन । पत्रमा सचिवले राजीनामा दिई आफनो आन्दोलनलाई सहयोग गर्न भनिएको छ । े
पत्रमा जेठ १४ गते जारी गरिसक्नुपर्ने संविधान बाहुनवादी राजनैतिक दलले वेवस्ता गररी ०४७ सालको मृत्य संविधान व्युताउने षडयन्त्र भएको उल्लेख गरिएको छ । साथै गाविस सचिवहरुले आफनो कार्यक्षेत्रमा नगई जिल्लामै बसेर च्रष्टचार गरेको आरोल लगाईएको छ ।
राजीनामाको धम्कीपछि काम गर्न अप्ठयारो परेकालेृ सामुहिक राजीनामा दिने तयारीमा रहेको गाविस सचिव हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष प्रकाश भटराईले बताए । जिल्लामा हालसम्म कुनै प्रभाव नभएको र नामै नसुनिएको भुमिगत संगठनले हुलाक मार्फत पत्र पठाएपछि सचिवहरु त्रसित भएका छन ।
प्रमुख जिल्ला अधिकारी बलभद्र््् गिरीले पत्र आएको जानकारी पाएको बताउदै जिल्लामा संगठनको कुनैपनि गतिविधि नभएकोले आक्तिन नपर्ने बताए । उनले अप्ठयारो र काम गर्न नसक्ने परिस्थिति आए सुरक्षा दिन कुनै कसर वाँकी नराख्ने बताए ।
कास्की-
भुमीगत समुह संयुक्त जातिय मुक्ति मोर्चाले धम्की दिएपछि बुधबार जिल्लाका गाविस सचिवहरुले सामुहिक राजीनामा दिएका छन् ।
जिल्ल्ाा विकास समितिको सभाहलमा गंभीर छलफल पछि धम्कीले असुरक्षा भएको भन्दै जिल्ल्ााका ४३ गाविसका सचिवहरुले स्थानिय विकास अधिकारी गुरुङ प्रसाद सुवेदी समक्ष राजीनामा दिएका हुन ।
'गाउँमा बसेर काम गर्ने वातावरण नभएकोले सामुहिक राजीनामा दिएका हौ, गाविस सचिव हकहित संरक्षण केन्द्र जिल्ला समितिका अध्यक्ष भरतराज पौडेलले भने,'सरकारले काम गर्ने वातावरण नबनाए सम्म हामी काममा र्फकदैनौ ।'
प्रकाशित मिति: २०६७ अषाढ १६ ०६:१३
















तपाईंको प्रतिकृया