नयाँ बजारमा गोली चल्यो / एक घाइते

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौं, जेष्ठ ७ - हतियारको कारोबार गर्ने समूहमाथि गोली चलाउँदा शुक्रबार राजधानीको नयाँ बजारमा एक व्यक्ति घाइते भएका छन् ।

हतियार विक्री गर्दै गरेको सूचनाका आधारमा पक्राउ गर्न गएको बालाजु प्रहरी टोलीलाई देखेपछि भागेका हतियारधारीमाथि गोली चलाउँदा गोरखाका शिव ढकाल घाइते भएका छन् । पेटमा गोली लागेका उनलाई प्रहरीले बीर अस्पताल भर्ना गरेको काठमाडौं प्रहरी प्रमुख एसपी रमेश खरेलले जानकारी दिए ।

प्रहरीले ढकालसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक राउण्ड गोली र एक थान पेस्तोल बरामद गरेको छ । 

 

प्रकाशित मिति: २०६७ जेष्ठ ७ ०५:४३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।