वीरगन्जका व्यापारीमाथि गोली प्रहार
सहयोगी लिङ्कहरू
पर्सा, जेष्ठ ५ - वीरगन्जका एक व्यापारीमाथि बुधबार राति गोली प्रहार भएको छ । बीरगन्ज उद्योग वाणिज्य महासंघका महासचिवसमेत रहेका व्यापारी गोपाल केडियामाथि अपरिचित समूहले गोली हानेको हो ।
बीरगन्ज ८ महावीर मन्दिर अगाडि रहेको आफ्नै कपडा पसलमा बसिरहेका बेला अपरिचित समूहले साँझ पौने ८ बजे केडियामाथि गोली हानेका थिए । गोली लागेर घाइते भएका केडियाको एएमसी अस्पताल बीरगन्जमा उपचार भइरहेको छ । उनको घाँटीमा गोली लागेको छ तर खतरामुक्त छन् ।
व्यापारीमाथि भएको गोली प्रहारको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका जिल्ला कमाण्डर रन्जितले स्पेशल टास्क फोर्स कमाण्डर गम्भीरको नेतृत्वमा खटिएको टोलीले गोली हानेको स्थानीय सञ्चारकर्मीलाई बुधबार साँझ टेलिफोन गरी दाबी गरेका छन् ।
प्रकाशित मिति: २०६७ जेष्ठ ५ ०८:२१
















तपाईंको प्रतिकृया