पलेंटीका लागि सङ्गीतकार गुरुङ बेइजिङमा
बेइजिङ, जेष्ठ २७ - सङ्गीतनाट्य प्रतिष्ठानका कुलपति अम्बर गुरुङ १३ सदस्यीय नेपाली साँस्कृतिक टोलीको नेतृत्व गर्दै बिहीबार चीनको राजधानी आइपुगेका छन् ।
यहाँस्थित चाइना नेसनल अर्केस्ट्रा कर्न्र्सट हलमा शुक्रबार साँझको लागि तय गरिएको पलेंटी यात्रा साँस्कृतिक कार्यक्रमका लागि उक्त टोली बेइजिङ आएको हो ।
नेपालमा विगत छ वर्षेखि आयोजित पलंेटी यात्रा मुलुकबाहिर पहिलोपटक यहाँ आयोजना हुन लागेको हो ।
सिर्जनशील सङ्गीतको माध्यमबाट नेपाल र चीनबीचको मैत्रीलाई अझ प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासको आयोजनामा हुने उक्त कार्यक्रममा यहाँ बसोबास गर्ने नेपाली समुदाय, विभिन्न देशका कूटनीतिक कर्मचारी, चीन सरकारका वरिष्ठ अधिकृत, मैत्री संस्थाका पदाधिकारीलगायत पाँचसयलाई आमन्त्रण गरिएको छ । रासस
प्रकाशित मिति: २०६७ जेष्ठ २७ ०६:०३

















तपाईंको प्रतिकृया