बाँदरमुढे घटनाको छ बर्ष / राहत पर्खदै पीडित
सहयोगी लिङ्कहरू
नारायणगढ , जेष्ठ २३ - माडी घटनाका रुपमा परिचित बांदरमुढे घटना भएको आइतबार छ बर्ष पुगेको छ । ३८ जना सर्वसाधरण मारिने गरी भएको उक्त घटना ५ बितिसक्दा पनि उक्त घटनाका पीडितहरुले न राहत पाएका छन् न त दोषीलाई कारबाही नै भएको छ । घटनाका पीडितले आजको दिनलाई कालो दिनका रुपमा सम्भिmने गरेका छन् ।
घटनामा संलग्न भएका नाइकेहरु आफ्ना अगाडी खुलेआम हिडिरहे पनि राज्य मुकदर्शक बनेको पीडितहरु बताउछन् । दोषी किटान भैसक्दा समेत माओबादीले कारबाही गरेर देखाउन नसकेको पीडित यमनाथ सुबेदीको भनाई छ ।
३८ जना सर्बसाधारणको ज्यान जाने गरि माडीको कल्याणपुर स्थित बांदरमुढे खोलामा आज कै दिन अर्थात २०६२ साल जेठ २३ गते माओवादीले यात्रु वाहक बसमा माओवादीले एम्वुस बिस्फोट गराएको थियो । घटनामा ७५ सर्बसाधारण घाइते बनेका थिए । राहतको पर्खाइमा हातको औला भाच्दै बसेका घटनाका पीडितहरु अब निरास बन्न थालेका छन ।
गत बर्ष माओबादीको सरकार हुदा समेत राहत नपाए पछि अब राहत पाइने आशा मर्न थालेको बताउछन, घटनाका पीडित नम प्रसाद घिमीरे । घिमिरेले घटनामा परिवारका पांच जना सदस्य गुमाएका थिए । अझै पनि सात आठ जना जति पीडितहरु औषधीकै भरमा बांच्नु परेको बांदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्ति न्यौपाने बताउछन ।
राहत दिन त परै जाओस माओबादीले पीडितलाई दिने भनेर उठाएको चन्दा समेत नदिएको बांदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णा अधिकारीको भनाई छ । माडीको अयोध्यापुरीस्थित बगइबाट भरतपुरतर्फ आउंदै गरेको ना १ ख ३२४५ नम्बरको बस माओवादीको एम्बुसमा परेको थियो । १ सय ५० भन्दा बढी यात्रु सवार बसमा केही सैनिक पनि सवार भएकाले माओबादीले सर्बसाधारण सवार बसलाई निसाना बनाएको थियो ।
घटना पीडीत समितीको सकृयतामा घटनास्थलमा एक स्मारक समेत निर्माण गरिएको छ । बादरमुढे खोलामा आज ५ औं बार्षीक शोकसभा कार्यक्रमको आयोजना गरीएको छ । ३८ जना मृत आत्माको चीर शान्तिको कामना गरी घटनास्थलमा दिप प्रज्जलन गरीने कार्यक्रम रहेको समितीका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: २०६७ जेष्ठ २३ ०८:१३
















तपाईंको प्रतिकृया