२२ दल बैठक/प्रधानमन्त्रीलाई राजीनामाको दवाव दिन माओवादी आग्रह

(4 Votes)
कान्तिपुर संवाददाता

२१

काठमाडौ, जेष्ठ १८ - साना दलहरुले तीन दलबीच भएको सहमतिको भ्रम र अन्यौल हटाउन २४ दलको बैठक बोलाउन आग्रह गरेका छन् ।

संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलको बैठकले मुख्य तीन दलबीच १४ गते भएको तीन बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न सुझाव समेत दिएको छ ।

कांग्रेस र एमालेवाहेकका दलसँग माओवादीले मंगलबार गरेको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीच भएको लिखित र अलिखित दुबै सहमतिबारे जानकारी दिएका थिए ।

'पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति भएपनि त्यसलाई कार्यान्वयन गर्नुको साटो कांग्रेस र एमालेले तोडमोड र आनाकानी गरिरहेकोबारे अध्यक्षले दलहरुलाई जानकारी गराउनुभयो', बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'प्रधानमन्त्रीको राजीनामासँग अरु कुनै बिषयको सम्झौता भएको थिएन । त्यो सामान्य सम्झौता थिएन । एक बर्षदेखिको राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा भएको सम्झौता थियो ।'

माओवादीले प्रधानमन्त्रीको राजीनामा आउने वातावरण तयार पार्नका लागि सहयोगी भूमिका निर्वाह गर्न दलहरुलाई आग्रह गरेको थियो ।  छलफलमा सहभागी दलित जनजाती पार्टीका अध्यक्ष एवम सभासद विशेन्द्र पासवानले सहमतिमा राष्ट्रिय सरकारको उल्लेख गरिएपनि दलहरुले बहुमत सिद्ध गर्ने पार्टीको नेतृत्वको सरकार गठनको प्रयास गरेको भन्दै साना दलहरुले आपत्ति जनाएको जानकारी दिए ।  ठूला दलले गर्ने सहमतिको साक्षीका रुपमा मात्र साना दललाई उपयोग गर्ने गरिएको भन्दै उनीहरुले असन्तोष जनाएका थिए ।

उनले साना दलले प्रमुख तीन दलबीच भएको सहमतिको भ्रम र अन्यौल चिर्न २४ दलको बैठक डाक्न आग्रह गरिएको पनि बताए ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ११:३४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।