परिक्षा कडाइ गरेको भन्दै तोडफोड
सहयोगी लिङ्कहरू
डोटी, जेष्ठ १८ - परिक्षामा कडाइ गरेको भन्दै कक्षा ११ का विद्यार्थीहरुले डोटीमा तोडफोड गरेका छन् । तोडफोड नियन्त्रण गर्न खोज्दा प्रहरीले लाठी चार्ज गर्दा भएको भफडपमा एक प्रहरी सहित दुइ जना घाइते भएका छन् ।
विद्यार्थीहरुले एक्कासि परीक्षा कडाइ गरेको आरोप लगाउदै सिलगढीको पवित्रा उच्च मावि परिक्षाकेन्द्रमा तोडफोड र नारावानी गरेका छन् । तोडफोडवाट विद्यालयको बस तथा झ्याल ढोका क्षति पुगेको छ । परीक्षाकेन्द्रमा खटिएका शिक्षकहरु असुरक्षाका कारण अहिलेपनि विद्यालयको कोठाभित्र वसेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले कक्षा ११ को आज भएको शिक्षा विषयको परिक्षा स्थगित हुनु पर्ने वताएका छन् ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ११:२८
















तपाईंको प्रतिकृया