माओवादीद्वारा बुटवलमा शव यात्रा
सहयोगी लिङ्कहरू
बुटवल , जेष्ठ १८ - माओवादीले हतियारधारी समूहको गोली प्रहारबाट हत्या भएका आफ्ना नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ का इन्चार्ज चपाटु यादवको मंगलबार बुटवलमा शव यात्रा निकालेको छ ।
लुम्बिनी अञ्चल अस्पतालबाट निस्केको शव यात्रा इटाभट्टी , राजमार्ग चाराह , मिलनचौक , बसपार्क , ट्राफिकचौक हुदै क्याम्पस रोडमा रहेको माओवादी कार्यालय रातोघरमा पुगेको थियो । रातोघरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै माआवादी केन्द्रीय सदस्य बामदेव क्षेत्रीले परिवर्तन नचाहने शक्तिले यादवको हत्या गरेको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरी दोषीलाई कारबाही गर्न माग गरे । माओवादीले हत्याको विरोधमा विहीबार एकदिन रुपन्दही बन्दको घोषणा समेत गरेको छ । रुपन्देहीको विष्णुपुरा गाविस ठकुरापुरका ३५ बर्षे चपाटु यादवको गोली प्रहारबाट हत्या भएको हो ।
बुटवलबाट आफ्नो घर विष्णुपुरा जादै गरेका यादवलाई सोमबार साँझ करिब साढे सात बजेतिर हतियारधारी समूहले हरैयामा गोली प्रहार गरेका थिए । कञ्चटमा तीनवटा गोली लागेका यादवको घटनास्थलमै मृत्यु भएको थियो । यता संचारकर्मीलाई टेलिफोन गरी हत्याको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ १०:५९
















तपाईंको प्रतिकृया