गाडी मुनी बम

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ १८ - सिन्धुपाल्चोक १८ जेठ- लिसंखु गाविसको घ्याङडाँडामा मंगलबार विहान सकेट बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय वसपार्कमा कपडाले वेरेर राखेको अवस्थामा उक्त बम फेला परेको हो ।

प्रहरी नायव उपरीक्षक अजय भट्टराईका अनुसार वम राखेको स्थानलाई सुरक्षाकर्मीले नियन्त्रण्मा लिएको छ । वम निष्क्रिय बनाउन नेपाली सेनासँग समन्वय भैरहेको प्रहरीले जानकारी दिएको छ । निष्क्रिय बनाउन राजधानीबाट सेनाको प्राविधिक टोली झिकाउनु पर्ने छ । वम राखेको नजिकै संयुक्त जाती मोर्चा नेपालको नाममा जनविद्रोह लेखिएको पर्चा फेला परेको छ । पर्चामा राष्टिय मुक्तिको नाममा संघर्ष गरौंलगायतका ३५ वुँदे विवरण उल्लेख छ । बम बा.२.ख १११० नम्बरको बस मुनी फेला परेको थियो ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ १०:१५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।