माओवादी कार्यकर्ताको हत्या
सहयोगी लिङ्कहरू
भैरहवा, जेष्ठ १८ - सशस्त्र समूहले सोमबार साँझ विष्णुपुरा-७ निवासी माओवादी कार्यकर्ता सपाटु यादवको गोली प्रहार गरी हत्या गरेको छ ।
३५ वर्षीय यादव अवध राज्य समिति सदस्य तथा रूपन्देही क्षेत्र नम्बर-५ का सेक्रेटरी भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले विष्णुपुराको ठकुरापुर गाउँ नजिकै मेटरसाइकलमा आएका यादवलाई बाटोमैं रोकेर गोली हानी हत्या गरिएको बताए । घाँटी र टाउकोमा गरी तीनवटा गोली प्रहार गरिएका यादवको घटनास्थलमैं मृत्यु भएको थियो । घटनास्थल वरपर नाकाबन्दी गरी हत्याराको खोजी गरिएको चतुर्वेदीले बताए । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले घटनाको जिम्मेवारी लिएको छ ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०९:०८
















तपाईंको प्रतिकृया