प्रधानमन्त्रीसँग क्रिकेटबारे छलफल
सहयोगी लिङ्कहरू
काठमाडौ, जेष्ठ १८ - प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेबीच सोमबार क्रिकेटबारे छलफल भएको छ । आईसीसी वल्र्ड डिभिजन-५ को सम्झनाको चिनो प्रदान गर्न पाण्डेले प्रधानमन्त्री नेपाललाई भेटेका थिए । 'त्यस अवसरमा नेपाली क्रिकेटबारे छलफल भएको हो,' पाण्डेले भने । 'मैले प्रधानमन्त्रीले नेपालले विश्वकप खेलेको हेर्ने सपना रहेको बताएको सम्झाउँदै डिभिजन-५ जित्ने नेपाली टोलीलाई सरकारले केही नगरेको बताएँ,' पाण्डेले भने, 'प्रधानमन्त्रीले उनीहरूलाई केही गर्ने आश्वासन दिनुभएको छ ।' त्यस अवसरमा निर्माणाधीन मूलपानी मैदानलाई पनि सहयोग गर्ने बचन प्रधानमन्त्रीले दिएका थिए ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:४४
















तपाईंको प्रतिकृया