ज्ञानुबाबा अगाडि
सहयोगी लिङ्कहरू
काठमाडौ, जेष्ठ १८ - पाँचौं ढोरपाटन 'ब्लु स्काई कप' शनि हाउजिङ महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो चरणका सम्पूर्ण खेल समाप्तिसम्म डिफेन्डिङ च्याम्पियन पोखराको ज्ञानुबाबा सोमबार शीर्ष स्थानमा रहेको छ । ६ खेलमा अपराजित ज्ञानुबाबाको १८ अंक भएको छ ।
प्रतियोगितामा पाँच जित र एक हारको सामना गरेको न्यु डाइमन्ड १६ अंकसाथ दोस्रो स्थानमा छ । न्यु डाइमन्ड ज्ञानुबाबासँग मात्र पराजित रह्यो । साविक उपविजेता पोखराकै फिस्टेल ४ जित र २ हारसहित १४ अंक बटुल्दै तेस्रो स्थानमा छ ।
ज्ञानुबाबा र फिस्टेलबीचको खेलमा ज्ञानुबाबा २५-२२, २५-२० र २५-१९ ले विजयी भयो । न्यु डाइमन्डले मजदुरलाई २२-२५, २५-२१, २५-१६ र २५-१४ ले निराश पार्यो ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:४३
















तपाईंको प्रतिकृया