बैतडीको जित
सहयोगी लिङ्कहरू
काठमाडौ, जेष्ठ १८ - बैतडी र विराटनगरले वाईवाई महिला राष्ट्रिय क्रिकेट लिगमा सोमबार जित हात पारेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा भएको खेलमा क्षेत्र नम्बर-१, विराटनगरले क्षेत्र नम्बर-२, वीरगन्जमाथि ५९ रनको जित हात पार्यो । यो उसको तेस्रो खेलमा पहिलो जित हो । विराटनगरले २ अंक हात पार्यो ।
आफ्नो पहिलो खेल खेलिरहेको क्षेत्र नम्बर-६, बैतडीले क्षेत्र नम्बर-४, भैरहवामाथि ६ विकेटको जित हासिल गर्यो । उसको पनि २ अंक भयो । समान दुई खेल खेेलेका काठमाडौं र नेपालगन्ज ४/४ अंकसहित शीर्ष स्थानमा छन् ।
पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २ रन बनायो । प्रत्युत्तरमा वीरगन्ज १४ ओभर १ बलमा ४३ रनमा अलआउट भयो ।
उसलाई सस्तोमा समेट्न विराटनगरकी अम्बिका बुढाथोकीले ३ तथा रुविना क्षेत्री, दिव्या सिंह र अनुराधा चौधरीले दुई/दुई विकेट लिए । अम्बिका 'प्लेअर अफ द म्याच' बनिन् ।
वीरगन्जकी उषा भुजेलले सर्वाधिक १२ रन जोडिन् । यसअघि विराटनगरका लागि रुविनाले १५ र रोजी राईले १३ रन बनाए । टिमले ४८ अतिरिक्त रन पायो ।
अर्कोमा पहिले ब्याटिङ गरेको भैरहवाले ७ विकेट क्षतिमा ८८ रनमात्र बनायो । ३२ रन अतिरिक्त पाएको भैरहवाका लागि नीतु थापामगरले नटआउट २० रन जोडिन् भने इन्दु बर्माले १० रन बनाइन् । बैतडीकी रोशनी बोहराले ३ तथा रीतु कनौजियाले दुई विकेट लिए ।
जवाफमा बैतडीले १७ ओभर १ बलमा ४ विकेट गुमाएर जित हासिल गर्यो । विजयी टिमका लागि 'प्लेयर अफ द म्याच' मनीषा गोदार थापाले नटआउट २६ तथा रीतुले १६ रन जोेडे । टिमले ३५ अतिरिक्त रन पायो । प्रतियोगितामा मंगलबार काठमाडौं र भैरहवा तथा नेपालगन्ज र बैतडी भिड्दै छन् ।
प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:४१
















तपाईंको प्रतिकृया