दुर्घटनामामा मजदुरको मृत्यु

(1 Vote)
लक्ष्मी साह

निजगढ, जेष्ठ १८ - जेठ १८ - बारामा सोमवार राति ट्याक्टरले किचेर एक मजदरुको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले ट्याक्टरमा आगो लगाएका छन् । जंगलबाट बालुवा बोकेर नरही तर्फ जाँदै गरेको ना १ त ७९७० नम्बरको ट्याक्टरमा बसेका नरही १ का ४५ वर्षीय रामदेव चौधरी गाउँ नजिकै ट्याक्टरबाट लड्दा किचिएर उनको तत्कालै मृत्यु भएपछि आक्रोसित स्थानीय बासिन्दाले आगजनी गरेका थिए ।  चालक फरार छन् । उनको खोजी भईरहेको गंजभवानीपुर प्रहरी चौकीका असई रामपुकार महतोले बताए । नरहीका ट्याक्टरधनी नन्दु सहनी पनि सम्पर्कमा नआएको उनले बताए । आगो नियन्त्रण गर्न कलैयाबाट वारुणयन्त्र पुग्दा ट्याक्टरको अधिकांस भाग जलेर नष्ट भएको थियो । करिब आठ बजे राती भएको घटना स्थलमा प्रहरी र बारुणयन्त्र ढिलो गरी पुगेको थियो । घटनास्थल कलैयाबाट १० किमी पूर्वमा पर्छ ।

 

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:३७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।