सेयर बजार अस्थिर

  • नेप्से १६ अंकले घट्यो

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, जेष्ठ १८ - लगातार एक साताको वृद्धि र आइतबार एकै दिनमा नेप्से परिसूचक २७ अंकले बढेपछि सुधारको अपेक्षा गरेका लगानीकर्तालाई सोमबार केही निराशाजनक रह्यो । साताको सुरुमै २६ दशमलव ९५ ले बढेको परिसूचक दोस्रो दिन १६ अंकले ओर्लेको छ । यसले सेयर बजारको जोखिम मापन गर्न कठिन भएको विश्लेषकहरू बताउँछन् ।

आइतबार बजार बढाउन सहायक वाणिज्य बैंकहरूको सेयर मूल्यले नै सोमबार बजार घटाएको छ । एसबिआई र डिसिबिएल बैंकको सेयर मूल्य करिब ९ प्रतिशतले झरेको छ । यसैगरी अधिकांश वित्तीय संस्थाको मूल्य तल झर्दा वाणिज्य बैंकको परिसूचक २५ अंकले झरेको छ । ८० दिनपछि ५ सय अंक नाघेको नेप्से परिसूचक पनि ४ सय ९० मा ओर्लेको छ ।

क वर्गका कम्पनीहरूको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स ४ अंकले झरेको छ । सोमबार पनि सानिमा विकास बैंकका प्रवर्द्धक सेयरको सबैभन्दा बढी कारोबार भयो । यस बैंकको १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयरको कारोबार भयो ।

यसैगरी बैंक अफ काठमाडौं, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल र एनआइसी बैंकको पनि उल्लेख्य सेयर कारोबार भएको छ । सोमबार कुल ८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति: २०६७ जेष्ठ १८ ०८:३१

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।