'तीन दलले हेपाहा प्रवृत्ति देखाए'

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौं, जेष्ठ १७ - सरकारलाई समर्थन गरेका साना १२ दलले तीन दलले हेपाहा प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाएका छन् । सिंहदरवारस्थित परिवार दलको कार्यालयमा बसेको ती दलको बैठकले २०६७ जेठ १४ गते तीन प्रमुख दलका बीचमा भएको तीन बुँदे सहमतिलाई सकारात्मक रुपमा लिदै शीघ्रतापूर्वक प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकपछि जारी प्रेस विज्ञप्ती

२०६७ जेष्ठ १७ गते नेपाल परिवार दल, नेपालको संसदीय दलको कार्यकक्षमा निम्न दलको नेता / प्रतिनिधिहरूको बैठक बस्यो जसको अध्यक्षता मा एकनाथ ढकालले गर्नुभयो । बैठकमा मा. मन्त्री श्री शरद सिंह भण्डारी (मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) तमलोपाका जितेन्द्र सोनाल, नेपाल परिवार दलका श्री दीपकराज घिमिरे, केशव चौलागाई र र्धु्रबप्रसाद लामिछाने, ने.क.पा माले का महासचिव मा. सी. पी. मैनाली, राप्रपाका मा. अलाउदिन अन्सारी, राष्ट्रिय जनशक्ति पार्टीका मा. डा. प्रकाशचन्द्र लोहनी, चुरे भावर राष्ट्रिय एकता पार्टीका कृष्णबहादुर राई ,तमलोपाका जितेन्द सोनर, चुरेभावरका केशवप्रसाद मैनाली   नेकपा संयुक्तका मा. कल्पना राणा, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका माननीय प्रेमवहादुर सिंह दलित जनजाति पार्टीका माननीय विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद माननीय बबन सिंहको सहभागिता रहेको थियो ।

 

निर्णयहरु

१ बैठकले २०६७ जेठ १४ गते तीन प्रमुख दलका बीचमा भएको तीन बुँदे सहमतिलाई सकारात्मक रुपमा लिदै सिघ्रतापूर्वक प्रभावकारी कार्यान्वयन गर्ने विषयमा जोड दिने निर्णय गरेको छ ।

२ संविधान सभा र व्यवस्थापिका संसदका महत्वपूर्ण मुद्दाहरुको समाधान खोज्ने कार्यमा प्रमुख तीन दलको महत्वपूर्ण भूमिका रहेको र रहने विषयलाई स्विकार्दै बैठकले संविधान सभाका अन्य दलहरुको भूमिकालाई उपेक्षागर्ने हेपहा प्रवृति प्रति दुःख र विरोध व्यक्त गरेको छ । यस गलत प्रवृतिलाई हार्दिकताका साथ सच्चाउन बैठक तीन प्रमुख दलका नेतृत्व समक्ष जोडदार आग्रह गर्दछ ।

३. जेष्ठ १४ २०६७ को तीन  बुँदे सहमति शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा उत्पन्न अवरोधहरुको स्पष्ट, ठोस र समयबद्ध साझा समाधान निकाल्दै सहमतिको राष्ट्रिय सरकार निर्माण गर्ने दिशा लिएको बैठकले ठहर गरेको छ ।

४. बैठकले ठहर गरेको छ कि शान्ति प्रक्रियामा बाँकी रहेका विषयहरु- बाईसिएलको अर्धसैनिक संरचना भंग कब्जा गरिएका घरजग्गा सम्पती फिर्ता लडाकुको समायोजन तथा पुर्नस्थापना आयोगहरुको गठन) संविधान निर्माणमा उत्पन्न अवरोधहरु समाधान र सहमतिको राष्ट्रिय सरकारको स्पष्ट खाका तयार भएपछि मात्र देशमा राजनीतिक गतिशिलताको नयाँ बातावरण सिर्जना हुनेछ । त्यस्तो स्थितीमा मात्र सहमतिको राष्ट्रिय सरकार गठन गर्न बर्तमान प्रधानमन्त्रीले राजिनामावाट वाटो खोलिदिनु उपयुक्त हुन्छ  ।

 

५.संविधान सभाको म्याद थपिनुले जन आन्दोलन २ को मर्म अनुरुप जनताले आफना जनप्रतिनीधि मार्फत नयाँ संविधान बनाउने काम अगाडी बढछ भन्ने जनतामा केही आशा आएको छ । सो आशा फेरि निरासामा परिणत नहोस भन्नका लागि तीन दल बिच भएको सम्झौता अनुरुप अगाडी बढनु पर्ने स्पष्ट छ । तर सम्झौता को मसी नसुक्दै तीन दल बीच सम्झौता र राष्ट्रिय सहमतिको सरकार बारे भिन्न भिन्न ब्याख्या देखिन थालेको छ । यो भिन्नता कायम रहयो भने फेरि संसदको काम कारवाही शान्ति सम्झौताको कार्यान्वयन संविधान निर्माणमा अवरोध आउने संभावना देखिन थालेको छ । यस परिवेशमा हामी साना दलहरुले तीनै दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरी उहाँहरुसाग नयाँ संम्झौताको ब्याख्या र बुझाईको एकरुपता वारे अन्र्तक्रिया जेष्ठ १९ गते १ वजे संविधान सभाको वैठक कक्षमा वस्ने गर्ने निर्णय गरिएको छ । धन्यवाद ।

(एकनाथ ढकाल)

संयोजक

प्रकाशित मिति: २०६७ जेष्ठ १७ ०९:११

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।