पारसको प्याराग्लाइडिङ गर्ने चाहना अपूरो
कास्की, जेष्ठ १७ - निजी भ्रमणमा पोखरा आएका पूर्व युवराज पारस शाह सोमबार राजधानी फर्किएका छन् । फिस्टेल एयरको हेलिकोप्टरबाट अपरान्ह उनी आफ्ना साथीहरुसहित फर्किएका हुन् ।
आफ्ना पाँच विदेशी साथी र दुई छोराछोरी साथमा लिएर आइतबार बिहान आएका उनी लेकसाइडस्थित फिस्टेल लजमा बसेका थिए । उनको बसाई क्रममा उनको सुरक्षाव्यवस्था कडाई गरिएको थियो । सराङकोट घुमेका पारसले प्याराग्लाइडिङ गर्ने चाहना राखे पनि मौसम गडबढीले गर्न सकेनन् ।
अघिल्लो दिन सराङकोट घुमेर आएपछि आफ्ना दुई छोराछोरीलाई फेवातालमा बोटिङ गराए । उनले फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन समेत गरेका थिए ।
पूर्व युवराज पारस होटलबाट बाहिर निस्कँदा फिस्टेल गेट अगाडि रहेका सर्वसाधारणलाई भीडभाड गर्न सुरक्षाकर्मीले मनाइ गरेका थिए । निकै हँसिलो मुद्रामा देखिएका उनी सोमबार दिउँसो हिँड्ने बेलामा सबैलाई हात हल्लाएका थिए ।
प्रकाशित मिति: २०६७ जेष्ठ १७ ०९:०२

















तपाईंको प्रतिकृया