पौडेलले फोटो बिर्से

(3 Votes)
कान्तिपुर संवाददाता

RM

काठमाडौ, माघ १९ - काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बिना फोटो प्रधानमन्त्रीको उम्मेदवारी दिन नयाँ बानेश्वरस्थित संविधानसभा भवन पुगेका थिए ।

यसअघि उम्मेदवारी दिएर पनि १६ पटकसम्म चुनाव लडेका पौडेलले मनोनयका लागि फोटो चाहिने कुरा बिर्सेछन् । उनी एक्लै आएका थिए ।

उम्मेदवारीको मनोनयन फारम भर्ने बेलामा फोटो टाँस्ने ठाउँ देखेपछि सोधेका पौडेललाई संसद सचिवालयका कर्मचारीले दुई प्रति पासपोर्ट साइजको फोटो चाहिने कुरा सम्झाएका थिए ।

फोटो चाहिने भएपछि बाहिरीएका पोडेलले नयाँ बानेश्वरमै एक स्टुडियोमा फोटो खिचाएर फारम भरेका थिए । उनी फोटो खिच्न जाँदै गर्दा प्रस्तावक प्रकाशमान सिंह र समर्थक रामकृष्ण यादव पनि आइपुगे ।

प्रकाशित मिति: २०६७ माघ १९ ०३:०२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।