लेखनाथमा चार राउण्ड गोली प्रहार/आठ जना घाइते
सहयोगी लिङ्कहरू
कास्की, वैशाख २४ - लेखनाथ नगरपालिकाको भण्डारढीक क्षेत्रमा केही समयअघि माओवादी कार्यकर्ता र शान्ति र्याली निकालिरहेका स्थानीयबीच भएको झडपमा गोली चल्द आठ जना घाइते भएका छन् ।
झडपका क्रममा चार राउण्ड गोली चलेको थियो । गोलीबाट चार जना घाइते भएका हुन् भने दोहोरो ढुङ्गा हानाहानमा चार जना घाइते भएका हुन् ।
बिहान निस्किएको शान्ति र्यालीले माओवादी बिरुद्ध नारावाजी गरेपछि माओवादीले पनि कार्यकर्ताहरु जम्मा गरेर र्याली निकालेको थियो । दुवै र्याली भेट भएको अबस्थामा दुवै पक्षबीच पहिले भनाभन र पछि ढुङ्गा हानाहान भएको थियो ।
ढुङ्गा हानाहान भएको लगतै चार राउण्ड गोली प्रहार भएको थियो । गोली कस्ले चलाएको भन्ने सम्बन्धमा अझै खुलेको छैन । माओवादीले प्रतिकारमा उत्रेकाहरुबाट गोली चलाएको आरोप लगाएका छन् । भीडन्त सुरु भएपछि भीडलाई तितरवितर बनाउन प्रहरीले एक सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो ।
घाइते हुनेमा माओवादी कार्यकर्ताहरु ईश्वरी रेग्मी, रमिला रेग्मी, नवराज पौडेल, हेमबहादुर तामाङ, रामबहादुर बयलकोटी, लक्ष्मण सापाकोटा, खेमर।ाज ओझा र सुमन अधिकारी छन् ।
प्रकाशित मिति: २०६७ वैशाख २४ ०२:३२
















तपाईंको प्रतिकृया