व्यस्त बजारमा गोली चल्दा बालिकासहित तीन र्घाईते

(1 Vote)
लक्ष्मी साह

निजगढ, वैशाख २२ - अज्ञात समुहले बुधवार सांझ बाराको कलैयास्थित व्यस्त बीच बजारमा अन्धाधुन गोली चलाउ“दा एक बालिकासहित तीन घाइते भएका छन् । र्घाईते हुनेहरुमा कलैया नगरपालिका १३ गंगापुरका ३६ बर्षिय रामानन्द राउत कुर्मी, वडा ४ की ३० बर्षिया देवन्ती देवी साह कानु र उनकी छ बर्षिया छोरी प्रितीकुमारी साह छन् ।

पिठ्युमा गोली लागेको रामानन्दलाई कलैया अस्पतालबाट थप उपचारको लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । हातमा गोली लागेको बांकी दुइ जना देवन्ती र प्रितीको कलैया अस्पतालमा उपचार भईरहेको छ ।

दुबैको अवस्था समान्य रहेको छ । गोली कसले र किन हानेको हो भन्ने बारे केही खुल्न नसकेको प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताए । र्घाईते हुनेहरु किनमेल गर्न बजार पुग्दा गोली प्रहारबाट र्घाईते भएका हुन् । गोली हान्ने फरार छन् । घटनापछि प्रहरीले बजारमा चेक जा“च कडा गरेको छ ।

प्रहरीले चेक जा“च गर्ने क्रममै भरत चोकबाट मोटर साइकलमा सवार एक जना शंकास्पद व्यक्ति भागेका थिए । प्रहरीले लखेट्दै गर्दा उनी भरत चोकबाट देवकोटा चोक ह“दै भागे । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटना लगत्तै बजारमा सन्त्रास फैलिएको थियो । घटना पछि किनमेलका लागि बजार पुगेका मानिसहरु, पसले तथा व्यवसायीहरु भागाभाग भएका थिए ।

प्रकाशित मिति: २०६७ वैशाख २२ ०९:३३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।