माओवादी प्रदर्शन सुरु (तस्वीरहरु सहित)

(10 Votes)

काठमाडौ, वैशाख १८ - सहरका बिभिन्न भागबाट माओवादीको जुलुस सुरु भएको छ । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शन राजधानीका बिभिन्न १८ ठाउँबाट सुरु भएको छ ।

पुरै राजधानी सहर कम्युनिष्ट झण्डाका कारण रातम्य भएको छ । सहभागीहरु चर्को नारा लगाइरहेका छन् । जुलुस सबै रत्नपार्क तर्फ केन्दि्रत हुन थालेको छ । माओवादीप्रदर्शनका कारण बिहानै देखि राजधानीमा सवारी साधन चलेका छैनन् । तर, एम्बुलेन्स, प्रेस, कुटनीतक नियोगलगायतका अत्यावश्यक सवारीहरुमा भने रोक लगाईएको छैन । बैशाखको मध्य घाममा प्रदर्शन भएको हुँदा बाटोबाटोमा खानेपानीकोसमेत व्यवस्था गरिएको छ ।

महराको नेतृत्वमा कोटेश्वबाट र्‍याली

कोटेश्वरबाट अघि बढेको र्‍यालीलाई माओवादी नेता कृष्णबहादुर महराले नेतृत्व गरेका छन् ।  संचारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिदै उनले माओवादीले टेबुलको मोर्चा कहिल्यै नछाडेको बताए । पार्टीले पत्रकार सम्मेलन गर्ने क्रममै आज साँझसम्म सहमति नभए आम हडतालमा जाने निर्णय गरेको स्मरण गर्दै उनले बेलुकासम्म पनि पर्खने बताए । एक बर्षदेखि उठाउदै आएको राजनीतिक मुद्दालाई मे दिवसको अवसरमा सशक्त रुपमा उठाइएको उनले बताए । उक्त र्‍याली पनि खुलामंच तर्फ अघि बढिसकेको छ ।

गोंगवुबाट पनि र्‍याली

दुई घण्टादेखि एकीकृत भएका माओवादी कार्यकर्ताहरु गोंगवु चोकबाट अघि बढेका छन् । हजारौको संख्यामा रहेका माओवादी कार्यकर्ताहरु बसुन्धारा, सामाखुशी, लैनचौर हुदै रत्नपार्क पुग्ने कार्यक्रम छ । धादिङ, नुवाकोट लगायत राजधाीनको उत्तरी क्षेत्रका कार्यकर्ताहरुको त्यहा उल्लेख्य सहभागिता छ ।

 



प्रकाशित मिति: २०६७ वैशाख १८ ११:४५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।