हस्तक्षेप भए प्रतिरोध

(0 Votes)

पोखरा , वैशाख १८ - माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले माओवादी आन्दोलन शान्तिपूर्ण हुने तर सरकारले हस्तक्षेप गरे प्रतिरोध गरिने बताएका छन ।

रायमाझीले आन्दोलनलाई उत्तेजित बनाउन सरकार लागिपरेको र केही भिजिलान्तेहरु खटाएको आरोप लगाए । मजदुर दिवसको अवसरमा आज पोखरामा हुने प्रदर्शनलाई सम्बोधन गर्न आएका रायमाझीले आज विहान माओवादी तमुवानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले शान्ति संझौताविपरीत केही अघि भित्राएको विष्फोटक पदार्थ अहिले विभिन्न होटलमा राखेर माओवादीलाई आरोप लगाईरहेको दावी गरे । दश बर्ष युद्ध लडेर आएको माओवादीले चाहेमा रकेट, लन्चर र मिसाईलतिर बढ्ने भन्दै रायमाझीले खुकुरी, गुलेली र गुच्चाको आवश्यकता नपर्ने बताए । यी सबै सरकार पक्षबाटै भएको उनको भनाई थियो । हतियारसहित हिड्ने पार्टीको नीति नभएको तर आम सर्वसाधारणले आत्मरक्षाका लागि खुकुरी लिएर हिड्ने गरेको उनले बताए ।  माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सक्ने तर त्यसले समस्या समाधान नहुने भएकाले फोहोरी खेलमा नलागिएको उनले बताए । रायमाझीले दलहरु मिल्नुको विकल्प नभएको पनि बताए । दलहरु मिल्न नसके कसैका लागि पनि फाईदाजनक छैन भन्दै उनले सहमति, सहकार्य र एकतामा जोड दिए । यसैबीच आज विहानैदेखि पोखरामा सार्वजनिक सवारी साधन चलेका छैनन । बजार पनि सुनसान प्राय छ । सडकमा सर्वसाधारणहरु पैदलै गन्तब्यतिर हिडीरहेका छन । बजारमा फाट्टफुट्ट ट्याक्सी, नीजि कार र मोटरसाईकल चलेका छन । माओवादीले पोखराका विभिन्न १० स्थानबाट एकैसाथ र्‍याली निकालेर अमरसिंह चौरमा सभाको आयोजना गर्न लागेको छ ।

प्रकाशित मिति: २०६७ वैशाख १८ ११:२२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।