यस्ता छन् माओवादी कमाण्डरहरु
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १८ - माओवादीले मजदूर दिवसको अवसर पारेर गर्न लागेको शक्ति प्रदर्शनको तयारी सुरु भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सार्वननिक तथा निजी भवनहरुमा राखिएका राजधानी बाहिरका जनतालाई खाना खुवाएर सडकमा ल्याउन थाली सकेको छ ।
माओवादीले आज जनप्रदर्शन र खुला मञ्चमा आमसभामा मात्र रहेको बन्द र हाड्तालको कुनै कार्यक्रम नरहेको उल्लेख गरेको छ ।
भक्तपुरस्थित इकान्तिपुर संवाददाता मकर श्रेष्ठका अनुसार भक्तपुरमा क्याम्प खडा गरेर बसेका माओवादी कार्यकर्ताहरु कोटेश्वर आइपुग्न लागि सकेका छन् ।
माओवादीले गर्ने भनेको १८ वटै प्रदर्शनको पोलिटव्यूरो सदस्यहरुले नेतृत्व गर्ने छन् । माओवादीले करिव ५ लाख जनता सडकमा उतर्ने दावी गरेको छ ।
कमाण्डर
कंलकीमा जनार्दन शर्मा
गंगबुमा पोष्टबहादुर बोगटी
बालाजुमा हिसिला यमी
महाराजगञ्जमा नारायाणप्रसाद पौडेल
चावहीलमा इन्द्रमोहन सिग्देल
कोटेश्रवमा गोपाल किराती
सातदोवाटोमा दिलबहादुर श्रेष्ठ
भोलहिटीमा विश्वभक्त दुलाल
केशरमहलमा लेखराज भट्टा
पद्मोदयमोडमा कुलप्रसाद केसी
कालीमाटीमा लोकेन्द्र विष्ट
बागबजारमा सत्यबहादुर बस्नेत
पुल्चोकमा निनु चापागाई
सुन्धारामा शशी शेरचन
कुपण्डोलमा पम्फा भूषाल
बानेश्वरमा अग्नी सापकोटा
प्रकाशित मिति: २०६७ वैशाख १८ १०:१०
















तपाईंको प्रतिकृया