अनमिनको म्यादबारे निर्णय लिन सरकारको ध्यानाकर्षण

(0 Votes)

काठमाडौ, वैशाख १८ - अनमिनले आफ्नो म्याद थप्ने भए त्यसबारे छिटो निर्णय लिन सरकारलाई आग्रह गरेको छ । अनमिन प्रमुख करिन लेनग्रेनले प्रधानमन्त्री माधवकुमार नेपालसंग शनिबार बिहान बालुवाटारमा भेटेर उक्त आग्रह गरेकी हुन् ।

अनमिनको म्याद बैशाखको अन्त्यमा सकिदैंछ । यसअघि अनमिनको म्याद पाँच पटक थपिसकिएको छ । प्रधानमनन्त्रीले दलहरुसंग छलफल चलिरहेको र त्यसविषयमा छिटो निर्णय लिने जानकारी गराएका थिए । नेपाल सम्बन्धी त्रैमासिक प्रतिवेदनमाथिको छलफलमा भागलिन आइतबार राष्ट्रसंघीय मुख्यालय न्युयोर्क प्रस्थान गर्नुअघि  करिनले प्रधानमन्त्रीलाई भेटकी हुन् । भेटमा शान्ति प्रक्रिया जोखिमा पर्दै गएको बारेपनि छलफल भएको थियो । प्रधानमन्त्रीले अनमिनको भूमिका निष्पक्ष हुन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ १०:०१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।