माओवादीले सहमतिकालागि अधिकतम प्रयास गर्ने
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १८ - माआवादीले सहमतिका लागि शनिबार अधिकतम प्रयास गर्ने जनाएको छ । शनिबारसम्म सहमति नभए आइतबारबाट आमहडतालमा जाने माओवादीले घोषणा गरिसकेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको नयाँ बजारस्थित निवासमा शनिबार बिहान पदाधिकारीहरुको बसेको बैठकले सहमतिका लागि अधिकतम लचकता अपनाउने निर्णय लिएको छ । यद्यपी के विषयमा लचकता अपनाउने माओवादीले स्पष्ट पारेको छैन ।
बैठकपछि उपाध्यक्ष बाबुराम भट्टराईले ६ वटा ऐजेण्डामा रहेर सहमतिको खोजीका लागि भएको प्रयासलाई ठोस बनाउने विषयमा छलफल भएको बताए । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सकेसम्म सहमतिको प्रयास गरिने बताए । उनले भने -'सहमति बनाउन कुनै कसर बाँकी राख्ने छैनौं । आमहडताल फिर्ता लिने वातावरण बनोस भनेर हामी लागि परेका छौं ।' उनले आजको प्रदर्शनलाई पूर्ण शान्तिपूर्ण बनाइने बताए ।
बैठकमा प्रदर्शनको व्यवस्थापन,सहमतिका लागि भएका प्रयास र सहमतिका लागि माओवादीले गर्न सक्ने लचकताका विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:४२
















तपाईंको प्रतिकृया