१५ हजार सुरक्षाकर्मी परिचालन/सेना परिचालनको निर्णय भएको छैन-गृहमन्त्री

(1 Vote)

काठमाडौ, वैशाख १८ - गृहमन्त्री भिम रावलले राजधानीको शान्ति सुरक्षा व्यवस्थित बनाउन १५ हजार नेपाल र सशस्त्र प्रहरीलाई खटाइएको बताएका छन् । उनले शनिबार बिहान आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्न सक्ने अवस्थामा रहेकोसमेत उल्लेख गरे ।

उनले माओवादीले शान्ति पूर्ण प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकारको सरकारले सम्मान गरे र हिंसामा गएमात्र रोक्नका लागि प्रहरी र सम्बिन्धत प्रशासनलाई निर्देशन दिइएको बताए ।

जुनढंगले विष्फोटक, खुकुरी, लाठी भेटिएका छन् । ति सामानहरु प्रयोगमा ल्याएमा सरकारले कानुन अनुसार कारवाही गर्छ, गृहमन्त्री रावलले भने, तर, शान्तिपूर्ण आन्दोलनको हामी सुरक्षा दिने छौं ।

उनले सरकारले सेना परिचालन गर्ने निणृय नगरेकोसमेत स्पष्ट पारे । बृहत शान्ति सम्झौताले दिएकै व्यवस्था अनुसार शुक्रबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले महत्वपूर्ण र संवेदनशील स्थानहरुको सुरक्षा व्यवस्था सेनालाई दिने निणर्ाय मात्र गरेको उनले बताए ।

यसअघि नै राष्ट्र बैंक, सिंहदरवार, विमानस्थललगायतका स्थानहरुमा सेनाले सुरक्षा दिंदै आएको छ । शुक्रबारको निर्णयले थप दुरसञ्चार, विद्युत गृहलगायतका क्षेत्रहरुको सुरक्षा पनि सेनालाई दिइने छ ।

ति स्थानहरुको सुरक्षा व्यवस्था यसअघि सशस्त्र प्रहरी बलले गर्दै आएको थियो । उक्त स्थानहरु सेनाको सुरक्षामा दिएपछि  आवश्यकता अनुसार ति स्थानमा रहेका सशस्त्र प्रहरीलाई परिचालन गर्न सकिने छ ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:३२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।