विभिन्न सहरमा माओवादीको प्रदर्शन

(0 Votes)

दाङ, वैशाख १८ - एकीकृत माओवादीले शनिबार गर्न थालेको प्रदर्शनका लागि दाङमा राप्ती अञ्चलका पाँचै जिल्लाबाट मानिसहरु ल्याउन थालेको छ । अञ्चलमा दाङलाई केन्द्र मानेर प्रदर्शन गर्न थालेकाले राप्तीका पहाडी जिल्लाहरु रुकुम, रोल्पा, सल्यान र प्युठानबाट पनि मानिसहरु ल्याउन थालिएको माओवादी दाङका इञ्चार्ज निर्मल आचार्यले बताए ।

प्रत्येक जिल्लाबाट २५ देखि ३० वटा गाडीहरु दाङमा आउन थालेको आचार्यले बताए । मध्यपश्चिम बिकास क्षेत्रको केन्द्र नेपालगञ्जलाई मानेर त्यहाँ दाङबाट १० हजार मानिसहरु पठाइएको माओवादीले जानकारी दिएको छ । दाङका साथै रुकुम, रोल्पा, सल्यान र प्युठानबाट काठमाडौमा पनि मानिसहरु पठाइएको छ । बाँकी सबै मानिसहरुलाई दाङमा केन्द्रीत गर्ने तयारी माओवादीको छ । दाङमा ३ सय बढी गाडीहरु आउन थालेका छन् । आज दिउँसो १२ बजे घोराहीमा हजारौं मानिसहरुको सहभातिामा प्रदर्शन गर्ने तयारी भैरहेको इञ्चार्ज आचार्यले जानकारी दिए ।

यसैबीच अधिकांश सार्वजनिक सवारी साधनहरु माओवादी कार्यक्रममा प्रयोग हुन थालेकाले सर्वसाधारणका लागि गाडीहरुको समस्या भएको छ । नियमितरुपमा चल्दै आएका गाडीहरु आज चल्न सकेका छैनन् । जसका कारण अत्याबश्यकिय काम परेका सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ ।

बुटवलमा  माओवादीले  वृहत प्रदर्शन गर्दैछ । प्रदर्शका लागि झण्डै २० हजार तालीमप्राप्त युवा कार्यकर्ता बुटवल र बुटवल भित्रने नाकाहरुमा खटिएका छन् । माओवादी निकट विभिन्न संगठनहरुले पनि आआफ्नो तरिकाबाट प्रदर्शनको तयारी गरेका छन् । शनिबार बिहानै माओवादी निकट मानव अधिकार कर्मीहरुले नाराजुलुससहित प्रदर्शन गरेका छन् । समयमा संविधान निर्माण र सरकार विगठनका नारा लगाउदै राजमार्ग चौराहबाट निस्केको जुलुस मिडियाचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै उनीहरुले लोकतन्त्रमा सबैको आन्दोलन र विरोध गर्ने अधिकार हुने बताउदै आन्दोलनलाई दमन नगर्न सरकारलाई चेतावनी दिए ।

माओवादी प्रद्धर्शन शान्तिपुर्ण हुने बताइएपनि सम्भावीत झडपका डरले बुटवलमा सर्वसाधारण बाहिर निस्कन डराएका छन् । सवारीका साधन पनि अति न्युन चलेका छन् । बुटवल बजार तथा प्रवेश नाकाहरुमा माओवादी तथा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । डेढ लाख मानिस उतार्ने उद्घोष गरेको माओवादीले मध्यान्ह बुटवलका चारैतिरका नाका योगीकुटी, गोलपार्क, जीतगढी र रामनगरबाट छुट्टाछुट्टै जुलुस निकाली बजार परिक्रमा गराउने छ ।  नया वसपार्कमा हुने विरोध सभालाई माओवादी केन्द्रीय महासचीव रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:२१

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।