आफैले बोकेको बन्दुकको गोली लागेर प्रहरी घाइते
सहयोगी लिङ्कहरू
पर्सा, वैशाख १८ - आफैले बोकेको बन्दुकको गोली लागि शुक्रबार राति वीरगंजमा एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक सन्जिव शर्माका अनुसार घाइते हुनेमा प्रहरी जवान तेजनारायण महतो रहेका छन् । कुम्हाल टोलमा उनी ड्युटी चेकिङमा रहेको अवस्थामा राति करीब साढे ८ बजेको समयमा उनले बोकेको सट गन पडकिएर उक्त घटना भएको हो । उनको दाहिने घुडामा गोली लागेको छ ।
उनलाई तत्कालै उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरीएकोमा थप उपचारका लागि राजधानी तर्फ लगिएको छ । प्रज महतोको दंगा नियन्त्रण प्रहरी कार्यालय मकवानपुरमा दरबन्दी भई हाल उनी अंचल प्रहरी कार्यालय नारायणी वीरगंजमा काजमा खटिएका थिए ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:१५
















तपाईंको प्रतिकृया