अदालतमा प्रेसरकुकर बम

(1 Vote)

खोटाङ, वैशाख १८ - जिल्ला अदालत परिसरमा प्रेसरकुकर बम फेला परेको छ । शुक्रबार राति ९बजेतिर विस्फोट गराउन राखेको अवस्थामा प्रहरी गस्ती टोलीले उक्त बम फेला पारेको हो ।

प्रहरी निरीक्षक श्यामबाबु ओलीयाका अनुसार दुई युवकले बिष्फोट गराउन लागेका थिए । गस्तीले अदालत नजिकै पश्चिमीपट्ट ितार जोडिरहेको अवस्थामा फेला पारेको ओलीयाले जनाए । ती युवाहरुलाई प्रहरीले पक्राउ गर्न सकेन । उनीहरुको पहिचान हुन सकेको छैन ।

टोलीले ५० मिटर तार, १५ थान डिटोनेटरसहित दुई लिटरे प्रेसरकुकर बम फेला पारेको प्रहरीले जनाएको छ । बिष्फोट गराउने तयारी गरिरहेको बेला प्रहरी पुगेपछि ती युवाहरू भागेका हुन् । उनीहरु भागेपछि मात्रै प्रहरीले बम बिष्फोट तयारीबारे थाहा पाएका थिए । जिल्लाको मुढेस्थित जबरजङ गण नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय बनाउने तयारी गरिरहेको प्रहरी निरीक्षक ओलीयाले जनाए ।

 

प्रकाशित मिति: २०६७ वैशाख १८ ०९:१३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।