बजारको मागअनुसार बैंकबाट सुन बिक्री भएन
काठमाडौ, वैशाख १८ - बैंकिङ प्रणालीमार्फत सुन आयात भएको दस दिन भइसक्दा पनि अत्यन्त न्यून परिमाणमा सुन बजारमा गएको छ । स्थानीय बजारमा दैनिक १५ किलो सुनको माग रहन्छ । नयाँ बैंकलाई आयात अनुमति दिने बेला भइसक्दा पनि हाल बजारमा भित्रिएको आधा सुन पनि बजारमा गएको छैन । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सुन किन्ने सिफारिस लिन आउने र्फम अत्यन्तै कम भएकाले यस्तो भएको हो ।
हालसम्म ११ वटा र्फमले मात्र सुन किन्न सिफारिस लिएको संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । सरकारले बैंकर्स एसोसिएसनको सिफारिसमा सुन आयात बैंकहरूले गर्न पाउने र बैंकमार्फत सुन लैजाने थोक कारोबार गर्ने र्फमले संघको सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाअनुसार वैशाख २० सम्म चार वटा बैंकलाई २ सय किलो सुन आयात गर्न सिफारिस गरिएको छ । सिफारिस गरिएको २ सय किलो सुन नै नेपालमा आइपुगेको छ । तर अहिलेसम्म ९५ किलो सुन किन्न सिफारिस गरिएको छ र त्योभन्दा कम परिमाणमा बजारमा सुन गएको छ । अहिलेको प्रक्रिया पहिलेको भन्दा पारदर्शी हुने भएकाले यसअघि सुनको थोक कारोबार गरिरहेको र्फमहरू प्यानलगायत करको समस्या आउन सक्ने भन्दै डराएकाले यस्तो भएको हो ।
संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'सुन कारोबारमा धेरै रकमको कारोबार हुने भएकाले प्यानलगायत करका कुराबाट डराएर कम मात्र र्फम सिफारिसका लागि आएका हुन् ।' आयात खुला भए पनि नेपालमा गत बुधबारदेखि २ सय किलो सुन भित्रिएको छ ।
जसमध्ये ९५ किलो सुन किन्नका लागि मात्र संघले र्फमलाईर् सिफारिस गरेको छ । सुरुमा संघले धेरै र्फमलाई सिफारिसका लागि आउन सक्ने भन्दै नियन्त्रणको प्रयास गर्ने योजना बनाएको थियो । 'तर अहिले एउटा र्फमलाई तेहेर्याएर सिफारिस गर्दा पनि बैंकले दिन सक्नेभन्दा कम सुनको सिफारिस गराएको छ,' शाक्यले भने, 'हामीले सबैलाई सिफारिस लिएर सुनको कारोबार गर्न उत्साहित गरेका छौं ।'
सुन आयात गर्ने बैंकले पनि आफूले दिन सक्नेभन्दा कम सुन किन्नका लागि सिफारिस भएको गुनासो गरेका छन् । उनीहरूले संघलाई बजारको मागअनुसार लिनका लागि व्यावसायिक र्फमलाई सिफारिस गर्न भनेका छन् । संघले बैंकमार्फत सुन किन्न सिफारिस लिने र्फमको पुँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । संघको सदस्य भएका र र्फमका रूपमा दर्ता भएका कम्पनीले मात्र सिफारिस पाउने व्यवस्था संघले गरेको छ ।
गत बुधबार पहिलोपटक एनएमबी बैंकले आयात खुला गरेपछि पहिलोपटक ५० किलो सुन भित्र्याएको थियो । गत बिहीबार एनआइसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५०/५० किलो सुन भित्र्याएका थिए । एसोसिएसनले सिफारिस गरेको माछापुच्छ्रे बैंकले पनि बिहीबार सुन भित्र्याएको जानकारी गराएको छ ।
एसोसिएसनको सिफारिसमा बैंकले दैनिक १० किलो ननाघ्ने गरी सुन ल्याउन पाउँछन् । यसै व्यवस्थाअनुसार संघले वैशाख १ गतेदेखि २० गतेसम्मका लागि विभिन्न चार बैंकलाई ५०/५० किलो सुन ल्याउनका लागि सिफारिस गरेको छ । यो परिमाणमा सुन आयात हुँदा दैनिक १० किलो सुन नेपालमा भित्रन्छ । सुन आयात भए पनि गत शुक्रबारदेखि मंगलबारसम्म व्यवसायी र बैंकबीच मूल्य निर्धारणको विषयमा उब्जिएको विवादले सुनको कारोबार भएको थिएन । बैंकले संघको मूल्यमा बेच्न नसक्ने र
संघले बैंकको मूल्य बढी भएको भन्दै सुनको थोक कारोबार भएको थिएन ।
थप एक र्फमलाई चाँदी आयात गर्न सिफारिस काठमाडौं- चाँदी आयातका लागि सिफारिस गर्ने जिम्मा पाएको सुन चाँदी व्यवसायी संघले थप एक कम्पनीलाई चाँदी आयात गर्न सिफारिस गरेको छ । यसअघि वैशाख १ देखि ५ गतेसम्मका लागि १ र ५ देखि १० गतेसम्मका लागि १ गरी दुई र्फमलाई चाँदी आयात गर्न संघले सिफारिस गरेको थियो । 'वैशाख १० देखि १५ गतेसम्म सुन आयात गर्न अर्को र्फमलाई सिफारिस गरिएको हो,' संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।
उनका अनुसार दैनिक १ सय किलो आयात हुने गरी यी र्फमलाई ५/५ सय किलो चाँदी ल्याउन सिफारिस गरिएको हो । सुरुमा सिफारिस गरेको र्फमले आइतबार चाँदी ल्याउने जानकारी आफूले पाएको उनले बताए ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:५९

















तपाईंको प्रतिकृया