आज माओवादीको वृहत प्रदर्शन
काठमाडौ, वैशाख १८ - माओवादीले मे दिवसको अवसर पारेर शनिबार(आज) राजधानी काठमाडौंमा जन प्रदर्शन गर्दैछ । पाँच लाख जनता सडकमा उत्रिने माओवादीले दावी गरेको छ । देशभरबाट ठूलो संख्यामा माओवादी कार्यकर्ता तथा समर्थक राजधानी आएका छन् । मुलुको अन्य प्रमुख शहरमा पनि प्रदर्शन गर्ने जनाएको छ ।
माओवादीले राजधानीको १८ स्थानबाट ११ बजे प्रर्दशन सुरु गर्ने र रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाएको छ । कलंकी, गोंगबु, पुल्चोक, सातदाबाटो, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वरलगायतका स्थानबाट जुलुस निकाल्ने जानकारी दिएको छ ।माओवादीले आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ ।
तर,विभिन्नस्थानबाट बरामद भएको बम,लाठी,खुकुरी,शिशी,पेट्रोल लगायतका सामग्रीले सरकार माओवादीको प्रदर्शन हिंसात्मक हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा गरेको छ । साथै आवश्यक परे सेना पचिालन सम्मको तयारी गरेको छ । आजको प्रदर्शनपछि पनि सहमति नभए आइतबारबाट माओवादीले आमहडतालको घोषणा गरेको छ । प्रधानमन्त्रीको राजीनामा र माओवादी नेतृत्वमा सर्वदलीय सरकारको माग माओवादीले सारेको छ ।
प्रकाशित मिति: २०६७ वैशाख १८ ०८:४५

















तपाईंको प्रतिकृया