ओलीले घर छाडे
सहयोगी लिङ्कहरू
काठमाडौ, वैशाख १७ - एमाले नेता तथा पूर्व गृहमन्त्री केपी ओलीले माओवादीको आम हड्तालका कारण हुन सक्ने यातायात अबरोधबाट उत्पन्न हुन सक्ने अप्ठ्यारोलाई ध्यान दिंदै घर छाडेका छन् ।
त्यसमा उनको व्यक्तिगत सुरक्षाको कारणसमेत देखाइएको छ । माओवादीका कडा अलोचक तथा सरकारको महत्वपूर्ण समर्थककको रुपमा रहेका ओली पुल्चोकस्थित मन्त्री निवासमा बस्ने स्रोतले जनाएको छ ।
'उहाँ सुरक्षा संवेदनशीलता तथा संभावित यातायात अवरोधका कारण मन्त्री निवासमा बस्नुभएको हो' ओली निकट स्रोतले भन्यो, 'साथै सुरक्षास्थितिको विश्लेषण र परिचालनमा पनि उहाँले मन्त्रीहरुलाई सहयोग गर्नु हुनेछ ।'
ओली माओवादीका सबैभन्दा कडा आलोचक मध्ये पर्दछन् । उनले माओवादीले सत्ता कब्जाको तयारी गरेको भन्दै अलोचना गर्दै आएका छन् । यसै सन्दर्भमा कुरा गर्न उनी बुधबार साँझ दिल्ली गएर शुक्रबार बिहान फर्केका हुन् ।
बुधबार नै रक्षामन्त्री भण्डारीलाई सेनापति छत्रमानसिं गुरुङलाई बोलाउन लगाई सुरक्षा बि्रफिङ लिएका थिए ।
प्रकाशित मिति: २०६७ वैशाख १७ ०८:१२
















तपाईंको प्रतिकृया