प्रधानमन्त्रीको राजिनामा समस्याको समाधान होइनः एमाले
सहयोगी लिङ्कहरू
काठमाडौं, वैशाख १७ - एमालेले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा नै समस्याको समाधान नभएको भन्दै आन्दोलन फिर्ता लिन माओवादीलाई आग्रह गरेको छ ।
शुक्रबार साँझ बसेको पोलिटब्युरो बैठकले राजिनामाले मात्र सहमतिमा पुग्न नसकिने ठहर गरेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले आन्दोलनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ । 'शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सवैसँग छ,' ज्ञवालीले भने, 'आन्दोलन हिंसात्मक भए र दुर्घटनाको रुप लिने भए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्छ ।'
एमालेले सडकबाट नभइ बैधानिक तरिकाबाट सरकार बनाउनेतर्फ लाग्न माओवादीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: २०६७ वैशाख १७ ०७:१९
















तपाईंको प्रतिकृया