हतियारसहित माओवादी मजदुर नेता पक्राउ

(1 Vote)
शिव शर्मा

कास्की, वैशाख १७ - प्रहरीले सुरक्षा जाँचको क्रममा पोखराको जिरो किलोमिटरबाट शुक्रबार दिउँसो हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

ग ४ प ८०८१ नम्बरको मोटसाइकलमा सवार २४ वर्षका गुणराज बाँस्तोला र  ४० वर्षका कुष्णबहादुर रायमाझीलाई खुकुरीसहित पक्राउ गरेको हो । दुवै माओवादी मजदुर युनियन समर्थित हुन् । बास्तोला युनियका केन्द्रीय सदस्य रहेकेा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छन् । शनिवार हुने मजदुर दिवसका अवसरमा माओवादीले पोखरामा व्यापक प्रदर्शन गर्ने तयारी गरिरहेको अवस्थामा उनीहरु हतियार सहित समातिएका हुन् ।

गाउँ गाउँबाट माओवादी कार्याकर्ता पोखरामा आउने क्रम बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुका साथै सुरक्षा जाँच समेत तीब्र बनाएको छ ।

प्रकाशित मिति: २०६७ वैशाख १७ ०६:४६

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।