राजिनामा दिए लोकतन्त्रको हारः प्रधानमन्त्री

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, वैशाख १७ - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको प्रदर्शन र आमहड्तालका कारण कुनैपनि हालतमा राजिनामा नदिने बताएका छन् । शुक्रबार दिउंसो राज्य र सहायकमन्त्रीहरुसहित बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजिनामा दिए लोकतन्त्र र विधिको शासनको अन्त्य हुने बताए ।

'माओवादीको जवरजती अगाडि झुकेर राजिनामा दिएमा लोकतन्त्र र विधिको शासनको हार हुन्छ' कानुन मन्त्री प्रेबहादुर सिंहले प्रधानमन्त्रीको भनाई उदृत गरे, 'म जुनसुकै हालतमा पनि राजिनामा दिन्न ।'

मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीहरुले पनि एकै स्वरमा राजिनामा दिन नहुने बताएका थिए । माओवादीले प्रधानमन्त्रीको राजिनामा मागेर शनिबार पर््रदर्शन र त्यसपछि अनिश्चितकालिन आमहड्ताल घौषणा गरेको छ ।

 

 

प्रकाशित मिति: २०६७ वैशाख १७ ०६:४३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।