दश हजार पुस्तकालय

(0 Votes)
ईश्वरी न्यौपाने

ibrary
बालबालिका शिक्षाको अभियानमा लागेका अमेरिकी नागरिक जोन उड दश हजार नंवरको पुस्तकालय उदघाटन गर्दै । रुम टु रिडका संस्थापक रहेका उडले शुक्रवार तनहुँको दुलेगौंडास्थित जनकल्याण माविमा पुस्तकालय सुरुआत गरेका हुन् । ईश्वरी न्यौपान

पोखरा-, वैशाख १७ -  नेपालको दुर्गम गाउँबाट सुरु भएको पुस्तकालय अभियान अहिले दश हजारमा पुगेको छ ।

तनहुँको दुलेगौंडास्थित जनकल्याण माविको पुस्तकालय सम्पन्न भएपछी रुम टु रिडले बनाएको पुस्तकालयको संख्या दश हजार पुुगेको हो । सो पुस्तकालयको रिडका संस्थापक जोन उड र शिक्षा विभागका महानिर्देशक महाश्रम शमाले आज उदघाटन गर्नु भएको छ ।

 लमजुङको बिकट गाउँ बाहुनडाँडामा रित्तो पुस्तकालय देखेपछी यो काममा लागेका जोन उडद्वारा स्थापित संस्थाले विश्वका नौ देशमा पुस्तकालय अभियान सञ्चालन गरेको छ । सन् २००० मा स्थापना गरिएको संस्थाले नेपाल लगायतमा ९ देशमा काम गरेर पुस्तकालयको संख्या १० हजार पुर्‍याएको हो ।

विश्वमै अग्रणि माइक्रोसफ्ट कम्पनिको बजार निर्देशकको जागिर छाडेर बालबालिकाको शिक्षामा लागेका जोनको अभियानले नेपालसँगै भियतनाम, लाओस, दक्षिण अपि|mका लगायतका पाँच लाख बढि बालबालिकाले पुस्तकालायमा अध्ययन गर्न पाएका छन् । ति मध्ये नेपालमा २ हजार ६ सय ५३ पुस्तकालयबाट साँढे दुई लाख बढि बालबालिका र तिनका अभिभावकहरुले प्रत्यक्ष लाभ पाएका छन् । पाठ्यक्रमकै किताब पनि राम्ररी पढ्न नपाउने दुर्गम भेगमा यस्ता पुस्तकालयले बिभिन्न थरिका पुस्तकहरु पढ्ने अवसर बालबालिकालाई जुटाएको छ । बिभिन्न मुलुकका समाजसेविबाट सहयोग संकलन गरेर पुस्तकालय स्थापनाका लागि रकम जुटाउने गरिएको छ । पुस्तकालय दश हजार पुगेको खुशियालिमा आयोजित समारोहमा जोनलाई हौसला दिन सयौं अभिभावक आएका थिए । 

रिडका निर्देशक दिनेश श्रेष्ठका अनुसार अहिले रुम टु रिडले नेपालका १९ जिल्लामा काम गरिरहेको छ । आगामि वर्ष २ सय ५० पुस्तकालय स्थापना, २ सय १ विद्यालय भवन निर्माण गर्ने र १ हजार ६ सय ७० बालिकालाई छात्रावृत्ति दिने योजना छ ।

 

प्रकाशित मिति: २०६७ वैशाख १७ ०६:११

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।