माओवादी कार्यकर्ताबाट बम बनाउने सामाग्री बरामद
सहयोगी लिङ्कहरू
गोरखा- , वैशाख १७ - लमजुङ्गबाट काठमाण्डौ जादै गरेको माईक्रोबसका छ यात्रुबाट प्रहरीले तनहँको आबुखैरेनीमा आज दिउसो बम बनाउने सामागि्र बरामद गरेको छ ।
नियमित चेकजाचको क्रममा बा १ ज ९७३७ नम्बरका यात्रुबाट प्रहरीले पाच केजी जेलेटिन, दुई सय तार, ७२ वटा डिनेटर बरामद गरेको हो । नियमिट रुटको माईक्रेमा काठमाण्डौ जादै गरेका छ यात्रुबाट उक्त समागि्र बरामद गरेको ईलाका प्रहरी कार्यलय आँबुखैरेनीका प्रहरी निरिक्षक बिरेन्द्र थापाले बताए । सामागि्र लिएर आउन छ जना, बरामद गरिएको सामगि्र र माईक्रोबस प्रहरीले नियन्त्रण लिई अनुसन्धान शुरु गरेको जनाएको छ ।
पक्राउ गरेकाहरुमा संखुवासभाका धन बहादुर तामाङ्ग, सोनाम घ्यातन, सीमा बहादुर तामाङ्ग, मान बहादुर तामाङ्ग, दमाई घिसिङ्ग र रामेछापका कपिल जिनी रहेको निरिक्षक थापाले बताए । उनीहरुसंग प्ररम्भीक चरणमा लिएको बयान अनुसार मनाङ्गमा बाटो खन्ने कामदारहरु रहेको प्रहरीले जनाएको छ । पक्राउपरेकाहरु माओवादी समर्थक भएकाले भोलिबाट हुने भनिएको आन्दोलनका लागि बम बनाउने सामागि्र लिएर काठमाण्डौ हिडेका हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुलाई दिउसो चार बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: २०६७ वैशाख १७ ०६:०६
















तपाईंको प्रतिकृया