सेना परिचालन भए चुप लागेर बस्दैनौः पोख्रेल

(1 Vote)
कान्तिपुर संवाददाता

Moist Nilamber Pokharel

दाङ, वैशाख १७ - माओवादी नेता लिलामणि पोख्रेलले सरकारले सेना परिचालन गरे माओवादी चुप लागेर नबस्ने चेतावनी दिएका छन् । माओवादीले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै उनले आफूहरुसँग पनि लडेर जितेको सेना भएकाले कम आँकलन नगर्न आग्रह गरे ।

सेना परिचालन हुनेबित्तिकै शान्ति प्रक्रिया भंग भएको मानिने पोख्रेलको भनाइ थियो ।

सरकारले सेना परिचालन गरेर आन्दोलन दवाउने प्रयत्न गरे त्यसले देशलाई ठूलो संकटमा फसाउने धारणा उनले व्यक्त गरे ।

सत्तारुढ दलहरु दमनबाटै माओवादी आन्दोलन कमजोर पार्ने योजनामा रहेकाले सहमतिको बातावरण बन्न कठिन भएको बताउँदै पोख्रेलले माओवादीलाई सरकारको नेतृत्व गर्न दिए देशमा सहज बातावरण बन्ने बिचार व्यक्त गरे ।

 

 

 

 

 

प्रकाशित मिति: २०६७ वैशाख १७ ०५:४८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।