प्रधानमन्त्री, राजिनामा नदेउः कांग्रेस/सरकारी भवनबाट माओवादी हटाउ

(2 Votes)
कुलचन्द्र न्यौपाने

काठमाडौ, वैशाख १७ - कांग्रेस केन्द्रिय कार्य समितिको बैठकले माओवादीको सडक आन्दोलन र आमहड्तालका कारण प्रधानमन्त्रीले राजिनामा दिन नहुने निष्कर्ष निकालेको छ ।

साथै बिद्यालय तथा सरकारी भवनहरु कब्जा गरेर बसेका माओवादी कार्यकर्तालाई त्यहांबाट हटाउन सरकारलाई आग्रह गरेको छ । 'मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार जुनसुकै हदसम्म अघि बढ्नु पर्दछ' कांग्रेस प्रबक्ता अर्जुननरसिंह कैसीले भने ।

शुक्रबारको बैठकले प्रधानमन्त्री संबैधानिक प्रकृयाबाट निर्वाचित भएर आएको उल्लेख गर्दै कित सहमतिमा आउनु पर्ने वा संबैधानिक बाटोबाट मात्र निर्वाचित प्रधानमन्त्रीलाई हटाउन सक्ने ठहर कांग्रेसले गरेको हो ।

साथै कांग्रेसले माओवादीलाई आमहड्ताल फिर्ता लिएर सहमति र सहकार्यमा आउनसमेत आग्रह गरेको छ । 'आमहड्ताल फिर्ता नलिएर मुठभैडको स्थिति आउछ' केसीले भने ।

उनले का“ग्रेसले बार्ता र सहमतिबाट अघि बढ्न चाहैका उल्लेख गर्दै बार्ता र सहमतिकौ लागि ढोका सधै खुला राखेको बताए ।

 

 

 

 

प्रकाशित मिति: २०६७ वैशाख १७ ०५:३५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।