सागका लागि पौडी खेलाडी छनोट
सहयोगी लिङ्कहरू
काठमाडौ, कार्तिक ५ - एघारौं दक्षिण एसियाली खेलकुद -साग) का लागि पौडी खेलाडी बुधबार छनोट भएका छन् । बंगलादेशको राजधानी ढाकामा माघ १५ मा सुरु हुने प्रतियोगितामा पौडीतर्फ पाँच पुरुष तथा पाँच महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
छनोट प्रतियोगिताबाट छानिन सफल भएका खेलाडीमा पुरुषतर्फ ब्रेस्ट स्ट्रोकबाट शैलेश राणा, फ्रीस्टाइलबाट प्रसिद्धजंग शाह, बटरफ्लाईबाट चन्द्र सिंह महतो, ब्याकस्ट्रोकबाट पुष्पराज शाही र ब्रेस्ट स्ट्रोकबाट बनिन शेन्सा श्रेष्ठ रहेका छन् । यसैगरी वैकल्पिक खेलाडीमा खिमबहादुर केसी, ओमबहादुर कुमाल र किसिमलाल थारू छन् ।
महिलातर्फ बटरपmलाईबाट करिष्मा कार्की, फ्रीस्टाइलबाट शैला राणा, ब्रेस्ट स्ट्रोकबाट विविधा रिमाल, ब्याकस्ट्रोकबाट ओसिन भारती र फ्रीस्टाइलबाट श्रेया धिताल छनोट हुन सफल भएका छन् । यसैगरी वैकल्पिक महिला खेलाडीमा नयना शाक्य, सुधा श्रेष्ठ र जितज्वाली महर्जन छन् ।
प्रकाशित मिति: २०६६ कार्तिक ५ ०९:०४
















तपाईंको प्रतिकृया