मञ्चको शुभकामना बलिङ

(0 Votes)

काठमाडौ, आश्विन ८ - नेपाल खेलकुद पत्रकार मञ्चले दसैंको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना कप बलिङ प्रतियोगिता श्रीलोचन राजोपाध्यायले बुधबार जितेका छन् । 

खेल जित्न नयाँ पत्रिकाका श्रीलोचनले १६६ पिन स्कोर गरेका थिए । द हिमालयन टाइम्सका महेश आचार्य १ सय ५० पिन स्कोर गर्दै दोस्रो भए । त्यस्तै कान्तिपुरका अजय हमाल १ सय ३६ स्कोर गर्दै तेस्रो भए । डिफेन्डिङ च्याम्पियन नेपाल टेलिभिजनका देवेन्द्र सुवेदी १ सय ३२ स्कोर गर्दै चौथो स्थानमा रहे । त्यसैगरी पाँचौं देखि आठौं स्थान क्रमशः सुन्दर श्रेष्ठ, निरञ्जन अधिकारी, निरञ्जन राजवंशी र प्रमोद जोशी रहे ।  

प्रतियोगितामा तीन दर्जन खेल पत्रकारको सहभागिता थियो । पहिलो चरणका प्रतिस्पर्धीमध्ये उत्कृष्ट ८ दोस्रो चरणमा प्रवेश गरेका थिए ।  पहिलोमा सर्वाधिक स्कोर गरेका नेपाल समाचारपत्रका निरञ्जन राजवंशीले दोस्रोमा गतिलो प्रदर्शन गर्न नसकेपछि सर्वाधिक स्कोरमै चित्त बुझाउनुपरेको थियो । प्रारम्भिक चरणमा १ सय ७४ पिन ढालेका उनी हाइएस्ट ब्रेकको विजेता बने  ।

महिलातर्फ एभिन्युजकी सरिता श्रेष्ठ पहिलो र नेपाल समाचारपत्रकी रक्षा थापा दोस्रो भए ।

प्रकाशित मिति: २०६६ आश्विन ८ ०९:३२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।