राष्ट्र बैंकको साख माथि उठाउँछुः नवनियुक्त गर्भनर

(0 Votes)

काठमाडौं, चैत्र ६ - नवनियुक्त गर्भनर डा. युवराज खतिवडाले राष्ट्र बैंकको साख माथि उठाउने गरी काम गर्ने बताएका छन् ।

गर्भनर नियुक्त भएपछि रेडियो कान्तिपुरलाई प्रतिक्रिया दिँदै उनले राष्ट्र बैंकलाई संघीय संरचना अनुसार केन्द्रीय बैंक बनाउन प्रयत्न गर्ने बताए । 'राष्ट्र बैंकको साखलाई उच्चा गर्दै आर्थिक सल्लाहकारको भूमिका शसक्त ढंगले निर्वाह गर्नेछु,' उनले भने, 'मौद्रिक नीतिलाई सन्तुलित ढंगले परिचालित गरेर आर्थिक स्थायित्व कायम गर्न सरकारलाई सहयोग पुर्‍याउनेछु ।'

नवनियुक्त गर्भनर खतिवडाले वित्तिय क्षेत्रको सेवा प्रवाहमा सवैको पहुँच पुर्‍याउन पहल गर्ने बताए । 'वित्तिय क्षेत्रको सेवा प्रवाहमा सवैको पहुँच पुग्ने किसिमको वित्तिय नीति अघि बढाउन काम गर्नेछु,' उनले भने ।

राष्ट्र बैंकलाई संघीय संरचना अनुसार केन्द्रीय बैंक बनाउन प्रयत्न गर्ने खतिवडाले बताए । 'मुलुक विस्तारै संघीयतामा जाने हुँदा त्यही अनुरुपको केन्द्रीय बैंकको संरचना तयार गर्नेतर्फ अघि बढ्नेछु ,' उनले भने ।

खतिवडाले आर्थिक तरलता अन्त्य गर्न पनि पहल गर्ने जानकारी दिए । 'केन्द्रीय बैंक एक्लैले सवै गर्न त सक्दैन,' नवनियुक्त गर्भनरले भने, 'तर, मौद्रिक नीतिलाई संयमित ढंगले परिचालन गरेर मौद्रिक क्षेत्रमा अस्थिरता आउनेतर्फ बढि सचेत हुन्छौं ।'

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।