सम्पत्ति फिर्ता नभए संविधान बन्दैनः देउवा

(0 Votes)
राजकुमार कार्की

सिन्धुली, चैत्र ६ - कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीले कव्जा गरेको सम्पत्ति फिर्ता नभएसम्म नयाँ संविधान नवन्ने घोषणा गरेका छन् । कव्जा गरेको सम्पत्ति फिर्ता, सेना समायोजन, वाईसीएलको अर्धसैनिक संरचना भंग नभएसम्म नयाँ संविधान जारी नहुने सिन्धुलीमा शुक्रबार आयोजित कार्यक्रममा नेता देउवाले ठोकुवा गरेका छन् ।

कांग्रेसको अगुवा कार्यकर्ता भेलामा देउवाले शान्ति स्थपनाका लागि माओवादी जिम्मेवार नभएको आरोप लगाए । माओवादी प्रतिबद्ध भएर बृहत शान्ति सम्झौतामा भएको सहमति पालना गरि चैत्र भित्रमा सेना समायोजन, कव्जा सम्पति फिर्ता र वाईसीएल बिघटन गरे बैसाखभर रातदिन काम गरेर तोकिएकै समयमा संविधान जारी गर्न सकिने देउवाले विश्वास व्यक्त गरे ।

तोकिएकै मितिमा संविधान जारी नभए त्यसको जिम्मेवारी माओवादीले लिनुपर्ने भन्दै नेता देउवाले पहिला शान्ति कायम नभइ जारी हुने संविधानको कुनै अर्थ नरहने बताए  । डर त्रास मुक्त समाज निर्माण गर्न कांग्रेस लागि परेको देउवाको भनाइ थियो । कांग्रेसको आगामी माहाधिवेशनमा सभापतिमा लड्ने संकेत गर्दै देउवाले पार्टी भित्र कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई बराबर सम्मान र न्याय गर्ने वचनबद्धता व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री बिमलेन्द्र निधीले हतियारधारीको बर्चश्व रहेसम्म जारी हुने जस्तोसुकै संविधान पनि कागजको खोस्टो हुने भन्दै शान्ति सम्झौता र अन्तरिम संविधानको पालन गर्न जन दबाब दिएर निसस्त्रीकरण गर्नुपर्ने धारणा राखेका थिए  ।

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।