श्रमजीवी महिलालाई रिहा गर्न सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

(0 Votes)

काठमाडौ, चैत्र ६ - संरक्षक समूह नेपाल (ससने)ले गत बुधबार राति काठमाडौको सुन्धारास्थित एक्स-बारबाट पक्राउ गरिएका २७ जना श्रमजीवी महिलालाई रिहा गर्न सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको छ ।

ससनेले शुक्रबार विज्ञप्ति जारी गरी क्याबिन, दोहोरी, डान्स रेस्टुरेन्ट र मसाज पार्लरजस्ता क्षेत्रमा कार्यरत महिलालाई बाध्य पारी यौनशोषण गर्नु आधुनिक दासत्व भएको जनाइएको छ ।

विज्ञप्तिमा 'यसैका आधारमा प्रहरीले अनावश्यक पक्राउ गर्ने, थुनामा राख्ने र यातना दिने कार्य पीडितलाई अझै पीडा दिने कार्य हो र यसले यी महिलाको मानव अधिकारको गम्भीर उल्लङ्घन भएको छ' भनिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको एक प्रतिवेदनमा काठमाडौ उपत्यकामा एकहजार २०० क्याबिन, दोहोरी, डान्स रेस्टुरेन्ट तथा मसाज पार्लर रहेको र त्यहा रहेका करिब ५० हजार कामदारमध्ये ८० प्रतिशत महिला रहेको ससनेले जनाएको छ ।

यो व्यवसायमा करिब १२ देखि ३० वर्ष उमेर समूहबीचका महिला रोजगारीमा संलग्न रहेको, उनीहरूलाई अनिच्छित यौनकार्यमा लाग्न बाध्य पारिएको, ग्राहक एवम् सञ्चालकबाट हुने मौखिक, शारीरिक एवम् मानसिक दुव्र्यवहार पनि सहनुपर्ने भएको प्रतिवेदनले आंैल्याएको छ ।

यौनशोषणमा लाग्न बाध्य परिएका महिलालाई अनुचित प्रभाव, लोभलालच र दबाबमा पारी कामको समयभन्दा बाहिर गई अनैतिक एवम् अमर्यादित र यौनसम्पर्कसमेत गर्न व्यवसायी एवम् ग्राहकबाट बाध्य गराउने गरिएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल प्रहरीले यस्ता क्षेत्रमा छापा मारी त्यहाबाट महिला कामदारलाई मात्र ल्याई उनीहरूलाई केही सार्वजनिक -अपराध तथा सजाय) ऐन, २०२७ अन्तर्गत थुनामा राखी कारवाही चलाउने गरिएको भन्दै ससनेका तर्फबाट अध्यक्ष पूजा धिमालले रिट दर्ता गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।