दुर्घट्नाप्रति दुःख व्यक्त/घाइतेलाई उपचारको व्यवस्था गर्न आग्रह

(1 Vote)

काठमाडौ, चैत्र ६ - सुर्खेतमा बिहीबार यात्रुबाहक वस कणर्ाली नदीमा खस्दा ३१ जनाको ज्यान गएको र ११ जनाभन्दा बढी यात्रु घाइते भएको खबरप्रति माओवादी र काँग्रेसले दुःखित व्यक्त गर्दै स्तब्धित भएका जनाएको छ ।

शुक्रबार बिज्ञप्ति जारी गरी माओवादीले ज्यान गुमाउनेहरूमा चार जना आफ्नो पार्टीका एरिया समिति सदस्यहरू र आठ जना पार्टी सदस्य रहेकोसमेत उल्लेख गरेको छ ।

मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त आफन्तजनप्रति गहिरो समवेदना रहेको उल्लेख गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

साथै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि माओवादीले राज्यलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

काङ्ग्रेसले पनि घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्था, बेपत्ता भएकाहरूको स्थिति तत्काल पत्ता लगाउन राज्यका निकायहरूलाई तदारुकताका साथ परिचालन गर्न सरकरासँग माग गरेको छ ।

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।