'समयमै संबिधान जारी नभए जसको शक्ति उसको भक्ति'

'संबिधान सभाका अधिकांश कामहरु पूरा भै सकेका छन्' किसान महासंघका केन्दि्रय अध्यक्ष समेत रहेका गौतमले भने, 'राजनितिक दलहरुबीच सहमति हुन सके अझैपनि निर्धारित समयमै संबिधान जारी हुन्छ । नभएर देश गम्भिर मोडमा पुग्छ ।'

(3 Votes)
कृष्ण आचार्य

गोरखा , चैत्र ६ - एमाले उपाध्यक्ष वामदेव गौतमले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा शक्ति हुनेले सत्ता कव्जा गर्ने दाबी गरेका छन् ।  

शुक्रबार अखिल नेपाल किसान महासंघको तेस्रो जिल्ला सम्मेलन उद्घाटन उपाध्यक्ष गौतमले जेठ १४ गते संबिधान जारी नभए शक्तिभएकाले सत्ता कब्जा गर्ने बताएका हुन् ।

'सहमती हुन सकेमा बाकी ७० दिनमा पनि संबिधान जारी हुन सक्छ' उनले भने, 'संबिधान सभाको अबधि बढाईएन भने जेठ १४ पछि देशमा जो संग बन्दुक छ उसले सक्ता कब्जा गरी सक्ता कायम राख्छ।'

संबिधान सभाका अधिकांश बिषयमा टुंगो लागिसकेको हुनाले प्रमुख राजनितिकबीच सहमति हुन सकेमा समयमै संबिधान जारी हुने सम्भाबना प्रसस्तै रहेको गौतमले बताए ।

'संबिधान सभाका अधिकांश कामहरु पूरा भै सकेका छन्' किसान महासंघका केन्दि्रय अध्यक्ष समेत रहेका गौतमले भने, 'राजनितिक दलहरुबीच सहमति हुन सके अझैपनि निर्धारित समयमै संबिधान जारी हुन्छ । नभएर देश गम्भिर मोडमा पुग्छ ।'

समयमै संबिधान जारी हुन नसकेको अबस्थामा संबिधान सभाको अबधी बढाएर भएपनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याएनु पर्ने कुरामा उनको जोड रहेको थियो । संबिधान जारी र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आफ्नो पार्टीले मुख्य कार्य बनाएर अघि बढिरहेको गौतमले बताए ।

सोहि कार्य अन्तर्गत माओवादीलाई आजसम्म गरेका शान्ति सम्झैता पालना गर्न, कब्जा गरेका घरजग्गा फिर्ता गर्न र ज्यादतिपुर्ण क्रियाकलापहरु रोक्न अनुरोध गरेको बताए ।

'वर्तमान सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले माओवादीलाई बिशेष अनुरोध गरीरहेका छौ' उनले भने, 'शर्तरहित सहमतिमा उ आउन सकेको छैन । सहमति पनि गर्ने शर्त पनि राख्ने काम माओवादीले गरिरहेको छ ।' माओवादीले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने अडान राखेकाले समस्या सामधान हुन नसकेको उनले बताए ।

'शर्त नराखी माओवादीले सहमतिमा आउने हो भने उसकै नेतृत्वमा सरकार बन्न सक्छ' उनले भने, 'सहमति पनि गर्न खोज्ने शर्त पनि राख्ने काम माओवादीले गरेकोले समस्या सामधान हुन नसकेको हो ।' सबैदलहरु एक आपसमा बसेर छलफल गरी समस्या सामधान गर्नुपर्ने कुरामा उनको जोड थियो ।

 

 

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।