एसएसपीको घर लुटपाट/लुटेराले करिव एक घण्टा बिताए

(1 Vote)

काठमाडौ, चैत्र ६ - एक बहालवाला एसएसपीको घरमा गएराती लुटपाट भएको छ । एसएसपी जयबहादुर चन्दको महाराजगन्ज, हातिगौडास्थित घर बिहीबार राती लुटिएको हो ।

मुखमा माक्स लगाएर सात जना भन्दाबढिको समुहमा आएका लुटेराको समुहले परिवारका सदस्यलाई नियन्त्रणमा लिइ लुटपाट गरेको चन्दकी श्रीमती मीराले ईकान्तिपुुरलाई बताईन् ।

नगद र सुन सहित १२ लाख भन्दा बढि रुपैंया बरबरको सम्पति लुटिएको उनले जानकारी दिइन् ।

केही समय अघिसम्म महानगरीय प्रहरी अपराध महाशाखामा रहेका एसएसपी चन्द अञ्चल प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएका थिए । घरमा लुटपाटको खबर पाएपछि चन्द नेपालगन्जबाट शुक्रबार दिउँसो राजधानी आएका छन् ।

प्रहरी अधिकृतको घरमा लुटपाट भएको यो घटना पहिलो भने हैन । एक बर्ष अघि हेपाली हाइटमा बहालवाल डिएसपी हिमाल श्रेष्ठको घरमा पनि लुटपाट भएको थियो ।

गत बर्ष फागुन २६ गते राती १ बजे पछाडी पटट्ीको ढोकाबाट भित्र पसेका उनीहरुले पालिएको कुकुरलाई बेहोस हुने औषधी ख्वाएर लुटेका थिए ।

घरमा आएका लुटेराहरुले डिएसपी घरमै रहेका बेला परिवारका सदस्यलाई नियन्त्रणमा लिएर झण्डै ९ लाख लुटपाट गरेको श्रेष्ठकी श्रीमतीले बताईन् ।

यस्तै डेढबर्ष अघि बत्तिसपुलीमा एसएसपी सुदिपराज आचार्यको घर पनि दिउँसै लुटिएको थियो । दिउँसो १२ बजे तिर घरको पछाडीको ढोकाबाट किचेनमा पसेर माथी उक्लँदैै परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर सुन सहित ९ लाख जति लुटेका थिए ।

प्रहरीले घटनाको लामो समयपछि त्यो घटनामा संलग्न लुटेरालाई पक्राउ गरेको थियो । तर, लुटिएको सामान फेला नपरेको एसएसपी आचार्यले बताए ।  

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।